विद्यालयमा पढाउन छाडेर राजनीति गर्ने एक शिक्षक पक्राउ

विद्यालयमा पढाउन छाडेर राजनीति गर्ने एक शिक्षक पक्राउ

केन्द्रबिन्दु
0
Shares

रोल्पा । विद्यालयमा पढाउन छाडेर राजनीति गर्ने एक शिक्षक पक्राउ परेका छन् । प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट शिक्षक संगठन रोल्पाका सचिव भुपबहादुर केसीलाई पक्राउ गरेको हो ।

सल्लीबोट आधारभुत विद्यालय रोल्पा नगरपालिका १ मा अध्यापन गराइरहेका शिक्षक केसीलाई प्रहरीले विद्यालयबाटै पक्राउ गरेको हो ।

शिक्षक भएर पढाउने भन्दा राजनीति बढी गरेको र अरुलाई धम्क्याउँदै हिँडेको गुनासोका आधारमा सोधपुछका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाका डीएसपी दिपक खड्काले जानकारी दिए ।

विद्यालयमा पढाइरहेका शिक्षक केसीलाई सादा पोसाकमा आएका प्रहरीले सोधपुछ गर्नु छ भन्दै पक्राउ गरेको विद्यालयका प्रधानाध्यापक उदय महराले जानकारी दिए ।

विप्लव माओवादीले भने विद्यालयमा पढाउँदै गरेका शिक्षकलाई पक्राउ गर्नु दुःखद भएको भन्दै बिना सर्त रिहा गर्न माग गरेको छ ।

Logo