२८ वर्षदेखि सञ्चालित अल्फाबिटा इन्स्टिच्युट अब लाजिम्पाटमा पनि (भिडियोमा)

२८ वर्षदेखि सञ्चालित अल्फाबिटा इन्स्टिच्युट अब लाजिम्पाटमा पनि (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । शैक्षिक परामर्शदाता कम्पनी अल्फाबिटा इन्ष्टिच्युटकोे शाखा काठमाडौंको लाजिम्पाटमा पनि विस्तार भएको छ । यस कम्पनीले विगत २८ वर्षदेखि विद्यार्थीहरुलाई शैक्षिक परामर्श दिँदै आएको छ ।

विदेशमा पढ्न जाने विद्यार्थीहरुको लागि यो कन्सल्टेन्टी एकदमै भरपर्दो गन्तव्य भएको कम्पनीका सिइओ द्विराज शर्माले जानकारी दिए । शर्माले देशभर शाखा विस्तारको तयारी भैरहेको पनि बताए ।

अल्फाबिटाले सबैभन्दा बढी आइएलटिस परीक्षार्थी उत्पादन गर्दै आएको र विद्यार्थीहरुलाई सही परामर्श दिनका लागि उत्तम रहेको शर्माको दाबी छ । २ सय भन्दा बढी कर्मचारी कार्यरत यस कम्पनीले १३ देशका ३ सय विश्वविद्यालयमा विद्यार्थी पठाउँदै आएको छ ।

Logo