शिक्षक बनेर मुख्यमन्त्री नै कक्षा कोठामा प्रवेश गरेपछि…

शिक्षक बनेर मुख्यमन्त्री नै कक्षा कोठामा प्रवेश गरेपछि…

केन्द्रबिन्दु
0
Shares

दाङ । प्रदेश ५ का मुख्यमन्त्रीले विद्यालयमा एक दिन र कक्षा कोठामा एक दिन कार्यक्रमको सुरुवात गरेका छन् । उक्त कार्यक्रम तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ मा रहेका माध्यमिक विद्यालय कालाखोलाबाट शुरु गरिएको छ ।

मुख्यमन्त्री शंकर पोखरेलले विद्यार्थीहरुको पढाई, स्कूलको अवस्था र विद्यार्थीलाई कसरी सफल व्यक्ति बन्न सकिन्छ भन्ने बारे टिप्स समेत दिएका थिए ।

हामीले गरे गुणस्तरीय शिक्षा सम्भव छ भन्ने मुख्य सन्देश दिन कार्यक्रम गरिएको हो । मुख्यमन्त्री शंकर पोखरेल, प्रदेश सभा सदस्य उत्तरकुमार ओली, तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले विद्यालयमा एक दिन र कक्षा कोठामा एक दिन अन्तरगत माध्यामिक विद्यालय कालाखोलाका विद्यार्थी, शिक्षक, अभिभावकसँग छलफल गरेका हुन् ।

Logo