शिक्षक बन्न इसाई हुनुपर्ने भन्दै विज्ञापन निकाल्ने संस्था ‘टिच नेपाल’ खारेज

शिक्षक बन्न इसाई हुनुपर्ने भन्दै विज्ञापन निकाल्ने संस्था ‘टिच नेपाल’ खारेज

केन्द्रबिन्दु
0
Shares

ललितपुर । पाँच वर्षदेखि सञ्चालित ‘टिच नेपाल’ नामक गैह्र सरकारी संस्था खारेज गरिएको छ । शिक्षक बन्न इसाई हुनुपर्ने भन्दै विज्ञापन गर्ने ललितपुरको भनिमण्डलमा रहेका ‘टिच नेपाल’ लाई ललितपुर जिल्ला प्रशासनले खारेज गरेको हो । संस्थाले प्रशिक्षार्थी शिक्षकको लागि केही साताअघि खुलाएको विज्ञापनका कारण विवादमा आएको थियो ।

संस्थालाई हालको लागि निलम्बन गरिएको जिल्ला प्रशासन कार्यालय, ललितपुरका प्रमुख प्रेमराज जोशीले जानकारी दिए । टिच नेपालले हालका लागि कुनै कारोबार नगर्न, विज्ञापनको प्रक्रिया तुरुन्त बन्द गर्न तथा बैंक खाता रोक्का गर्नका लागि पत्राचार गरिसकेको बताए ।

संस्थाको खातामा पैसा भने नदेखिएको उनको भनाई छ । उनीहरुले प्रयोगमा ल्याइआएको नबिल बैंकको खाता पनि रोक्का गर्न पत्राचार गरिसकेको जोशीले बताए ।

यस संस्थाले विज्ञापनमा एक प्रशिक्षार्थी शिक्षकको माग गर्दै क्रिश्चियन परिवारको हुनुपर्ने, क्रिश्चियन कलेजमा पढेको र चर्चको (प्रमाणीकरण चिठी) रेफरेन्स चाहिने लगायत मापदण्ड राखेको भन्दै जिल्ला प्रशासन कार्यालय ललितपुरमा गुनासो आएको थियो । गुनासोपछि यस संस्थामा छानबिन सुरु गरिएको थिये ।

शिक्षक बन्न क्रिश्चियन नै हुनुपर्ने, स्थानीय प्रशासनले छानविन थाल्यो

Logo