शिक्षक बन्न क्रिश्चियन नै हुनुपर्ने, स्थानीय प्रशासनले छानविन थाल्यो

शिक्षक बन्न क्रिश्चियन नै हुनुपर्ने, स्थानीय प्रशासनले छानविन थाल्यो

केन्द्रबिन्दु
0
Shares

ललितपुर । शिक्षक बन्न इसाई धर्म मानेको व्यक्ति नै हुनुपर्ने भन्दै विज्ञापन प्रकाशित गर्ने संस्थामाथि स्थानीय प्रशासनले छानविन छालेको छ ।

गैरसरकारी संस्था ‘टिच नेपाल’ ले शिक्षकको आवश्यकतासम्बन्धी विज्ञापन गर्दा इसाई धर्म मानेको हुनुपर्ने प्रावधान राखेको थियो । उक्त विज्ञापनमा चौतर्फी विरोध भएपछि जिल्ला प्रशासन कार्यालयले छानविन थालेको हो ।

संस्थाले विज्ञापनमा एक प्रशिक्षार्थी शिक्षकको आवेदन माग्दै आवेदक इसाई परिवारको हुनुपर्ने, इसाई कलेजमा पढेको र चर्चको सिफारिस चाहिनेलगायत सर्त राखेको उजुरी जिल्ला प्रशासन कार्यालय ललितपुरमा परेपछि छानवनि थालिएको ललितपुरका प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशीले जानकारी दिए ।

संस्थासँग सम्पूर्ण विवरण मागेको र अनुसन्धान भइरहेको उनले बताए । ‘संस्थाले हालसम्म के कस्ता काम गर्‍यो, कसरी सञ्चालित भइरहेको छ, आम्दानीको स्रोत के हो ? लगायत अनुसन्धान भइरहेको छ।’ उनले भने ।

संस्था ललितपुरको भनिमण्डलमा ५ वर्षयता सञ्चालित छ । संस्था दर्ता ऐन ०३४ अनुसार कुनै धर्म तथा जाति विशेषका लागि मात्र संस्था स्थापना गर्न पाइँदैन।

Logo