निजी स्कुललाई ७ वर्षभित्र गैरनाफामूलक बनाउन आयोगको सुझाव

निजी स्कुललाई ७ वर्षभित्र गैरनाफामूलक बनाउन आयोगको सुझाव

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । निजी विद्यालयलाई गैरनाफामूलक सार्वजनिक विद्यालयमा रुपान्तरण गर्न सुरकारलाई सुझाव दिईएको छ । उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले आगामी ७ वर्षभित्र नीजि विद्यालयलाई गैरनाफामूलक सार्वजनिक विद्यालयमा रूपान्तरण गर्ने नीति अख्तियार गर्न सरकारलाई सुझाव दिएको हो ।

कम्पनी मोडेलमा चलेका नाफामूलक निजी विद्यालयलाई सार्वजनिक गुठीमा बदल्ने नीति अपनाउनुपर्ने औंल्याएको हो । निजी र सामुदायिक गुठीमा सञ्चालित विद्यालयहरूले स्थानीय सरकारले तोकेको शुल्क, शिक्षक तलब सुविधा, भौतिक पूर्वाधार र छात्रवृत्ति लागू गर्नुपर्ने आयोगको सुझाव छ ।

यस्ता विद्यालयले सरकारले तोकेअनुसार वार्षिक लेखा परीक्षण गरेर पारदर्शी हुनुपर्ने, आर्थिक कारोबार बैंकबाट मात्र गर्नुपर्ने, एउटै पाठ्यक्रम लागू गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ ।

Logo