स्थायी शिक्षकहरुको ५-५ वर्षमा अनिवार्य सरुवा (पूर्ण पाठसहित)

स्थायी शिक्षकहरुको ५-५ वर्षमा अनिवार्य सरुवा (पूर्ण पाठसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । अब स्थायी शिक्षकहरुको प्रत्येक ५-५ वर्षमा अनिवार्य सरुवा हुने भएको छ । राष्ट्रिय शिक्षा आयोगले तया पारेको शिक्षाको २५ वर्षे दूरदृष्टि र शिक्षाको सिद्धान्तमा अब प्रत्येक ५-५ वर्षमा स्थायी शिक्षकको अनिवार्य सरुवा गर्ने उल्लेख गरिएको छ ।

गएको साउन ३२ गतेको मन्त्रीपरिषद्कोे निर्णयबाट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीको अध्यक्षतामा बनेको २४ सदस्यीय राष्ट्रिय शिक्षा आयोगले २५ वर्षे दूरदृष्टि र शिक्षाको सिद्धान्त तयार गरेको हो ।

आयोगले अबको २५ वर्षसम्म नेपालले अंगाल्ने शिक्षा नीतिको बारेमा तयार पारेको प्रतिवेदन राय, सुझाव र प्रतिक्रियाका लागि सार्वजनिक गरेको हो ।

प्रतिवेदनमा शिक्षक, प्राध्यापक, प्रधानाध्यापकहरू, विद्यालय तथा विश्वविद्यालयका कर्मचारीको नियुक्ति संवैधानिक हैसियत स्वतन्त्र एवं स्वायत्त आयोगबाट खुल्ला प्रतिस्पर्धाका आधारमा हुनेसहितका कैयौं सुधारका प्रस्ताव गरिएको छ ।

प्रतिवेदनमा पढाउने उत्प्रेरणा नभएका, दक्षता र योग्यता नभएका शिक्षकलाई सम्मानजनक विदाइ दिनका लागि एक पटकको लागि दुई वर्षभित्र निवृत्त हुन दुई वर्षको समय अवधि बाँकी भएका शिक्षक बाहेक देशभरिका सबै लाइसेन्सप्राप्त तथा स्थायी शिक्षकले पुनर्योग्यता परीक्षा दिन अनिवार्य बनाउने । त्यस परीक्षामा ६० वा त्यो भन्दा ज्यादा अंक ल्याएपछि मात्र उत्तीर्ण हुने व्यवस्था गर्ने उल्लेख गरिएको छ ।

त्यस्तै पुनर्योग्यता परीक्षामा नगएर निवृत्त हुन चाहने शिक्षकको लागि कार्यावधि पुगेको भए वा पुग्न तीन वर्ष बाँकी भए त्यो अवधि थपेर निवृत्तिभरण र नपुगेको भए आकर्षक सुनौलो उपदानको समेत ब्यवस्था गर्ने भएको छ ।

त्यो विकल्पमा नगएर पुनपर्रीक्षामा सामेल भएमा त्यसमा अनुत्तीर्ण हुनेलाई निवृत्ति भरण सुविधा नभएर सामान्य उपदान दिएर सम्मानजनक विदाइ गर्ने ब्यवस्था गरिनेछ ।

सामान्य उपदान सुविधा भन्दा सुनौलो उपदान बढीमा १० प्रतिशतले बढी हुनेछ । अब उप्रान्त ज्ञान र सीपको पुनर्ताजगीकरणका लागि हरेक पाँच पाँच वर्षको अवधिमा लाइसेन्स नवीकरण परीक्षा दिनुपर्ने प्रवन्ध गर्ने पनि भएको छ ।

शिक्षक लाइसेन्स प्राप्त गर्न एक वर्षे शिक्षक तालिम अनिवार्य गर्ने । कुनै पनि विषयमा सि र डि ग्रेड ल्याएका व्यक्तिलाई शिक्षा विषयको पढाइको लागि उपयुक्त ठहर्‍याउने वर्तमान व्यवस्था खारेज गर्ने ।

अस्थायी स्थायी सबै परीक्षामा आवश्यक ज्ञान र उत्प्रेरणा स्तर जाँच्न लिखित परीक्षा, तथा अन्तर्वार्ता र तालिमको उपयोग र शिक्षण दक्षता जाँच्न व्यावहारिक शिक्षण सीप प्रदर्शन पनि अनिवार्य रुपमा गर्नुपर्ने व्यवस्था गर्ने उल्लेख गरिएको छ ।

यस्तो छ आयोगले तयार पारेको २५ वर्षे दूरदृष्टि र सिद्धान्तः

Logo