अब विद्यालय तहको शिक्षामा चिनियाँ भाषा पनि समावेश गरिने

अब विद्यालय तहको शिक्षामा चिनियाँ भाषा पनि समावेश गरिने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । सरकारले विद्यालय तहको शिक्षामा चिनियाँ भाषा समावेश गर्ने निर्णय गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले विद्यालय तहको शिक्षामा चिनियाँ भाषा पनि पठनपाठन गराउने निर्णय गरिएको जानकारी दिए ।

चीनमा अध्ययन गरेका नेपाली विद्यार्थीहरुले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले नेपालको समृद्धिमा चिनियाँ सहयोग वृद्धि गर्न त्यहाँ अध्ययन गर्न गएका नेपाली विद्यार्थीहरु सक्षम हुने विश्वास पनि व्यक्त गरे ।

मन्त्री पोखरेलले नेपालको समृद्धिमा चीनको सहयोग अझै वृद्धि भएर जाने अपेक्षा गरे । उनले चीनमा उच्च शिक्षा हासिल गरेका नेपाली विद्यार्थीहरुलाई आफूले लिएका ज्ञानको सदुपयोग गरेर मुलुकको समृद्धिको अभियानमा योगदान दिन आह्वान गरे ।

मन्त्री पोखरेलले राष्ट्रको आवश्यक्तालाई धान्ने गरी शैक्षिक जनशक्ति निर्माण गर्ने कार्यमा सरकार केन्द्रित रहेको दावी गरे । त्यस अवसरमा उनले चीनलाई दुःखको बेला साथ दिने मित्र राष्ट्रको रुपमा चित्रण गरे ।

Logo