शिक्षकहरुको आन्दोलनमा प्रहरी हस्तक्षेप, ४ लाख शिक्षक सडकमा उत्रिने चेतावनी

शिक्षकहरुको आन्दोलनमा प्रहरी हस्तक्षेप, ४ लाख शिक्षक सडकमा उत्रिने चेतावनी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । शिक्षा क्षेत्रको सुधारको माग राख्दै नेपाल शिक्षक महासंघले राजधानीमा निकालेको विरोध जुलुसमा प्रहरीले हस्तक्षेप गरेको छ । नेपाल शिक्षक महासंघको आह्वानमा शिक्षकहरुले शुक्रबार काठमाडौंमा जुलुस तथा विरोध कार्यक्रम गरेका थिए । उक्त कार्यक्रममा प्रहरीले बल प्रयोग गरेको हो ।

बाल्मिकी क्याम्पसबाट निकालिएको विरोध जुलुस प्रदर्शनीमार्ग हुँदैं माईतीघर मण्डला पुगेर कोणसभा गर्ने कार्यक्रम रहेको थियो । तर आन्दोलनकारीभन्दा बढी मात्रामा परिचालन भएका सुरक्षाकर्मीले विरोध जुलुसलाई अगाडि बढ्न दिएन् । सुरक्षाकर्मीले अगाडि बढ्न लागेको जुलुस प्रदर्शनीमार्ग मै रोेकेको थियो । त्यही क्रममा बल प्रयोग गर्दा केही शिक्षकहरु घाइते भएका छन् ।

प्रहरीको लाठ्ठी लागेर नेपाल राहत शिक्षक केन्द्रीय समितिका सल्लाहकार संयोजक एवम् नेपाल शिक्षक संघ कैलालीका अध्यक्ष गणेश ओझा लगायत केही शिक्षकहरु सामान्य घाइते भएका नेपाल राहत शिक्षक केन्द्रीय समितिका वरिष्ठ सहअध्यक्ष नविन सिंह धामीले जानकारी दिए ।

महासंघले शिक्षा सम्वन्धी स्थानिय तहमा आफूखुशी बनाईने ऐन तथा कानुन बनाउने र लागू गर्न खोज्ने कार्यलाई रोक्न स्थानीय तहलाई कडा निर्देशन दिनुपर्ने, कम्तिमा दश वर्ष एउटै तह र श्रेणीमा कार्यरत शिक्षकहरुलाई सामूहिक पदोन्नतिको व्यवस्था गरिनुपर्ने माग राखेको छन् ।

त्यस्तै तत्कालिन उच्च माविमा कार्यरत शिक्षकहरुको दरबन्दीको प्रवन्ध गरी स्थायित्वको प्रक्रिया आरम्भ गरिनुपर्ने, राहत शिक्षकलाई स्थायी दरवन्दीमा रुपान्तरण गरी उक्त दरवन्दीमा कार्यरत शिक्षकहरुलाई स्याथी गरिनुपर्ने लगायतका माग राख्दै महासंघ लामो समयदेखि आन्दोलनमा छ ।

आफुहरुका माग सम्बोधन गर्नुको साटो राज्य बल प्रयोग गरेर अगाडि बढ्न खोजेको शिक्षकहरुको आरोप छ । माग सम्बोधन गराउनको लागि महसंघले सरकारलाई मंसिर २१ गतेसम्मको अल्टिमेटम दिएको छ । उक्त समयमा पनि माग सुनुवाई नभए अर्को चरणको आन्दोलनमा जाने वरिष्ठ सहअध्यक्ष धामीको भनाई छ ।

गोरखा, रुकुम लगायतका जिल्लाहरुबाट काठमाडौं आईरहेका शिक्षकहरुलाई प्रहरीले बाटोमै रोकेको थियो । उक्त घटनाले सम्पूर्ण शान्तिपूर्ण आन्दोलनमा रहेको शिक्षकहरुमाथि प्रहार भएको भन्दै वरिष्ठ सहअध्यक्ष भन्दै धामीले भने, ‘राज्य माग सम्बोधन गर्नुको साटो शान्तिपूर्ण आन्दोलनलाई नै दमन गर्न खोज्दैंछ । अब माग सम्बोधन नभए देशभरका ४ लाख शिक्षकहरु सडकमा उत्रिन बाध्य हुनेछौं ।’

Logo