एसइईको प्रश्न केन्द्रबाट, उत्तर पुस्तिका प्रदेशबाट (भिडियोसहित)

एसइईको प्रश्न केन्द्रबाट, उत्तर पुस्तिका प्रदेशबाट (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

यस वर्षको माध्यमिकशिक्षा परीक्षा (एसइई) परीक्षाचैत १० गतेबाट शुरु हुने भएको छ ।राष्ट्रिय परीक्षाबोर्डले परीक्षातालिका समेत सार्वजनिक गरेको छ  ।

चैत १० गते आइतबारबाट सुरु हुने परीक्षा २१ गते बिहीबारसम्मचल्नेछ । तालिकाअनुसार चैत १० र ११ गते लगातार अनिवार्य अंग्रेजी र नेपालीको परीक्षाहुनेछ । चैत १३ गते अनिवार्य गणित र १४ गते अनिवार्य विज्ञानको परीक्षा छ । त्यसैगरी १५ गते सामाजिक, फर्म म्यानेजमेन्ट, बजारीकरण र म्युजिकको परीक्षाहुनेछ ।

१६ गते जनसंख्यातथावातावरण, ज्योतिष, अनिवार्य संस्कृतका साथै प्राविधिकतर्फ एक्वाकल्चर, इलेक्टिक मेजरमेन्ट, कम्प्युटर नेटवर्क तथा ईन्जिनियरिङ र म्युजिकअफ नेपालको परीक्षाहुने जनाएको छ ।

त्यस्तै १७गते साधारण तथा संस्कृततर्फ ऐच्छिक पत्रका सबै विषयका परीक्षाहुनुका साथै बेदवानीतिशास्त्र र ऐच्छिक गणितको परीक्षाहुनेछ । चैत्र १८ गते वेद विद्याश्रमतर्फ ऐच्छिक द्धितियतर्फका सबै विषयको परीक्षाहुनुका साथै प्राविधिकविषयहरुको पनि परीक्षाहुनेछ ।

चैत्र १९, २० र २१ गते प्राविधिकतफृकाविभिन्नविषयको परीक्षाहुने बोर्डजनाएको छ । परीक्षाबिहान ८ बजेदेखि ११ बजेसम्मचल्ने छ ।
देशभरबाट एसइईमा सहभागीहुने विद्यार्थीको अन्तिमतथ्याङ्कआउने क्रमजारी रहेकोले अहिले यकिन संख्या तय भईनसकेको बोर्डले जनाएको छ ।

गतवर्ष चैत ८ बाट शुरु भएको परीक्षामानियमित र एक्जाम्टेड गरी पौने ६ लाखको हाराहारीमाविद्यार्थी सहभागीथिए । तीनबर्ष अघि जारी भएको शिक्षा ऐनको आठौं संशोधनअनुसार एसईई परीक्षाप्रदेशस्तरमा सञ्चालनहुनु पर्ने थियो ।

तर यस बर्ष पनिबोर्डले पर्याप्ततयारी नभएको भन्दै संघीय स्तरबाटै परीक्षा सञ्चालनगर्ने निर्णय गरेको छ । बोर्डले आउँदो बर्ष देखि प्रदेश स्तरमै परीक्षा सञ्चालनगर्ने योजनाबनाएको छ ।

शिक्षा ऐन अनुसार एसइई प्रदेशस्तरमा सञ्चालनहुने व्यवस्थाभएपनि संरचनातयार नहुँदाप्रश्नपत्र केन्द्रबाट र उत्तरपुस्तिकाप्रदेशस्तरबाट तयार हुँदैछ । बोर्डकाअध्यक्षप्रा.डा. चन्द्रमणि पौडेलले देशभरबाट एसइईमा सहभागीहुने विद्यार्थीको डाटा इन्ट्रीको कामभइरहेको बताए ।

Logo