काठमाडौं । राजधानीमा तेस्रो मेगा अस्ट्रेलियन एजुकेशन फेयर सुरु भएको छ । आजदेखि सुरु भएको फेयरमा वैदेशिक शिक्षाका लागि अस्ट्रेलिया जाने सोच बनार्इरहेका प्लस टु, ब्याचलर गरेका विद्यार्थीलार्इ लक्षित गरिएको छ । "/>

के तपाईले अस्ट्रेलियन जाने सोच बनाईरहनुभएको छ ? हेर्नुहोस यो भिडियो

के तपाईले अस्ट्रेलियन जाने सोच बनाईरहनुभएको छ ? हेर्नुहोस यो भिडियो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । राजधानीमा तेस्रो मेगा अस्ट्रेलियन एजुकेशन फेयर सुरु भएको छ । आजदेखि सुरु भएको फेयरमा वैदेशिक शिक्षाका लागि अस्ट्रेलिया जाने सोच बनार्इरहेका प्लस टु, ब्याचलर गरेका विद्यार्थीलार्इ लक्षित गरिएको छ ।

दरवारमार्गस्थित होटेल अन्नपूर्णमा शुरु भएको मेगा अस्ट्रेलियन फेयरको उद्घाटन नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का अध्यक्ष प्रकाश पाण्डेले गरेका छन् । वान अप प्रालिको आयोजनामा भएको फेयरमा विद्यार्थीले अस्ट्रेलियाको शिक्षा प्रणाली, भिसा प्रकृया र छात्रवृत्ति, लागतका विषयमा विज्ञहरुबाट जानकारी पाउने छन् ।

ब्रिटिस काउन्सील प्रस्तुतकर्ता रहेको उक्त फेयरमा अस्ट्रेलियाका उत्कृष्ट कलेज र यूनिभर्सिटी तथा कन्सल्टेन्सीहरु गरी ३० वटा भन्दा बढी संस्थाहरुको सहभागीता रहेको छ ।

फेयरमा विभिन्न कलेज तथा यूनिभर्सिटीका प्रतिनिधिहरुले विद्यार्थीलाई करियर काउन्सेलिङका साथै अस्ट्रेलियन कलेज तथा विश्वविद्यालयको बारेमा जानकारी दिईनेछ । भोलीसम्म चल्ने फेयरमा पाँच हजार बढि विद्यार्थी अभिभावक सहभागिता रहने अपेक्षा गरिएको छ ।

Logo