बुटवल । प्रदेश ५ का शिक्षकहरुले विद्यालय बन्द गरेर आन्दोलन गर्ने भएका छन् । नेपाल शिक्षक महासंघले प्रदेश ५ को अस्थायी राजधानी बुटवलमा प्रदर्शनसहित सामाजिक विकास मन्त्रालय घेराउ गर्ने भएको हो । "/>

विद्यालय बन्द गरेर शिक्षकहरुले मन्त्रालय घेराउ गर्ने

विद्यालय बन्द गरेर शिक्षकहरुले मन्त्रालय घेराउ गर्ने

केन्द्रबिन्दु
0
Shares

बुटवल । प्रदेश ५ का शिक्षकहरुले विद्यालय बन्द गरेर आन्दोलन गर्ने भएका छन् । नेपाल शिक्षक महासंघले प्रदेश ५ को अस्थायी राजधानी बुटवलमा प्रदर्शनसहित सामाजिक विकास मन्त्रालय घेराउ गर्ने भएको हो ।

बुटवलमा पत्रकार सम्मेलन गरी शिक्षक महासंघले आफ्ना मागहरुप्रति सरकारले बेवास्ता गरेको र पटक-पटक ध्यानर्कषण गराउँदासमेत कुनै सुनुवाई नभएको भन्दै मन्त्रालय घेराउन गर्न बाध्य भएको जनाएको छ ।

शिक्षक महासंघले विभिन्न २६ सुत्रीय माग राख्दै पटक-पटक सरकारको ध्यानर्कषण गराउँदै आएको छ । महासंघले अहिले तेस्रो चरणको आन्दोलन गरिरहेको छ । महासंघले रुपन्देही जिल्लामा रहेका सबै सामुदायिक विद्यालयहरुसमेत बन्द गरी आन्दोलनमा सहभागिता जनाउन आग्रह गरेको छ ।

महासंघले शिक्षा सम्बन्धी स्थानीय तहमा आफूखुशी बनाइने ऐन तथा कानून बनाउने र लागू गर्न खोज्ने कार्यलाई रोक्न स्थानीय तहलाई कडा निर्देशन दिनुपर्ने, कम्तीमा दश वर्ष एउटै तह र श्रेणीमा कार्यरत शिक्षकहरुलाई सामुहिक पदोन्नतीको ब्यवस्था गरिनुपर्ने माग राखेको छ ।

 

Logo