काठमाडौं । संसदीय समितिले भक्तपुरस्थित नेपाल इन्जिनियरिङ कलेजमा देखिएको विवाद समाधानका लागि उपसमिति गठन गरेको छ । संघीय संसद प्रतिनिधिसभा अन्तरगतको शिक्षा तथा स्वास्थ्य समितिको बिहिबार सिंहदरबारमा बसेको बैठकले कलेजको विवाद समाधानका लागि उपसमिति गठन गर्ने निर्णय गरेको हो । "/>

नेपाल इन्जिनियरिङ कलेजको विवाद समाधान गर्न संसदीय समिति गठन

नेपाल इन्जिनियरिङ कलेजको विवाद समाधान गर्न संसदीय समिति गठन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । संसदीय समितिले भक्तपुरस्थित नेपाल इन्जिनियरिङ कलेजमा देखिएको विवाद समाधानका लागि उपसमिति गठन गरेको छ । संघीय संसद प्रतिनिधिसभा अन्तरगतको शिक्षा तथा स्वास्थ्य समितिको बिहिबार सिंहदरबारमा बसेको बैठकले कलेजको विवाद समाधानका लागि उपसमिति गठन गर्ने निर्णय गरेको हो ।

स्वामित्वको विषयलाई लिएर सो कलेज आन्तरिक विवादमा फसेको छ । सोही समस्यालाई समाधान गर्न उपसमिति गठन गर्नु परेको समितिकी सभापति जयपुरी घर्तीले जानकारी दिईन् ।

योगेश भट्टराई संयोजक तथा उमेश श्रेष्ठ र हितबहादुर तामाङ सदस्य रहेको उपसमिति आफंैले समय निर्धारण गरी सो कलेजको विवाद समाधानका लागि अध्ययन प्रतिवेदन तयार पारी समितिमा पेश गर्नेछ । सभापति घर्तीले उपसमितिलाई सो कलेजको विवाद समाधान हुनेगरी आफ्नो कामलाई तत्काल अघि बढाउन पनि निर्देशन दिईन् ।

समितिले समितिका सदस्य तथा सचिवालयका कर्मचारीको ‘क्षमता अभिवृद्धि कार्यक्रम’ पनि संचालन गर्ने तयारी गरेको छ । आगामी मंसिर १६ र १७ गते सो कार्यक्रम गर्ने प्रस्ताव समितिमा पेश भएको समितिका सदस्य योगेश भट्टराईले जानकारी दिए ।

समितिका सदस्य र सचिवालयका कर्मचारीहरुको क्षमता अभिवृद्धि कार्यक्रमको प्रशिक्षकमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता एवम् पूर्व सभामुख सुवाष नेम्वाङ र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका राष्ट्रिय सभाका सांसद राधेश्याम अधिकारीलाई राख्ने समितिको योजना छ ।

बैठकमा समितिका सदस्यहरुले दिइएका निर्देशनलाई प्रभावकारी ढंगले कार्यान्वयनमा लैजाने गरी समितिले आफ्नो कामकार्वाहीलाई अघि बढाउनुपर्नेमा जोड दिएका थिए । समितिका सदस्य एवम् पूर्व स्वास्थ्य मन्त्री खगराज अधिकारीले समितिको निर्देशनलाई कार्यान्वयनमा लैजानगरी प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

समितिका अर्का सदस्य उमाकान्त चौंधरीले परिवर्तनको अनुभूति हुने गरी काम गर्न सक्ने गरी समितिलाई प्रभावकारी बनाउनुपर्ने बताए । विगतका समितिहरुले दिएको निर्देशन कार्यान्वयन हुन नसकेको उल्लेख गर्दै त्यसबाट पाठ सिकेर वर्तमान समितिले आफ्नो कामलाई अघि बढाउनुपर्ने धारणा राखे ।

समितिले क्षमता नभएकै कारण आफ्नो कामकारवाही विगतमा प्रभावकारी हुन नसकेको निष्कर्ष निकाल्दै समितिका सदस्य तथा सचिवालयका कर्मचारीहरुलाई क्षमता अभिवृद्धि कार्यक्रम संचालन गर्ने तयारी गरेको हो ।

Logo