काठमाडौं । गत असारमा लिईएको अस्थायी शिक्षक परीक्षाको नतिजा प्रकाशनमा ढिलाई प्रति अस्थायी शिक्षकहरुले आशंका व्यक्त गरेका छन् । "/>

अस्थायी शिक्षकको परीक्षा दिएकाहरुको शंका, ‘नतिजा प्रकाशनमा चलखेल’

अस्थायी शिक्षकको परीक्षा दिएकाहरुको शंका, ‘नतिजा प्रकाशनमा चलखेल’

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । गत असारमा लिईएको अस्थायी शिक्षक परीक्षाको नतिजा प्रकाशनमा ढिलाई प्रति अस्थायी शिक्षकहरुले आशंका व्यक्त गरेका छन् । दशैं अघि नै प्रकाशन गर्ने भनिएको नतिजा अझैसम्म पनि प्रकाशित नहुँदा उनीहरुले आशंका व्यक्त गरेका हुन् । दशैं अघि नै नतिजा प्रकाशित गर्ने बताएको शिक्षक सेवा आयोगले भाका सार्दै आएको छ । जसका कारण परीक्षा दिएकाहरु अन्यौलमा परेका छन् ।

अस्थायी शिक्षकको परीक्षा दिएका झापाका शिक्षक दिपक सापकोटा आयोगले नतिजा प्रकाशनमा ढिलाई गरेको आरोप लगाउँछन् । सुरुमा दशैं अघि नै सार्वजनिक गर्ने बताएको आयोगले अहिलेसम्म पनि नतिजा सार्वजनिक नगर्नुमा कुनै रहस्य भएको आरोप उनको छ ।

उनी भन्छन्, ‘सुरुमा दशैं अघि नै सार्वजनिक गर्ने भनियो । सार्वजनिक गरिएन् । अनि दशैंपछि, त्यसपछि तिहार पछि त पक्कै भनियो तर अहिलेसम्म नतिजा सार्वजनिक गरिएको छैन् । आयोगभित्र अब चलखेलको डर हुनसक्छ ।’

त्यस्तै परीक्षा दिएर नतिजाको पर्खाइमा रहेका रौतहटका शिक्षक रामेश्वर यादवलाई पनि नतिजा कहिले आउनेभन्नेबारे कौतुहलता जागेको छ । पास भएमा जागीर खाने र फेल भएमा घर फर्किएर कुनै व्यवसाय गर्ने सोच बनाएका यादवलाई नतिजा पखाई धेरै लामो लाग्न थालेको छ ।

उनी भन्छन्, ‘आयोगले चाँडै नै नतिजा प्रकाशन गरेको भए हुन्थ्यो । पास भए १२ वर्षदेखि गर्दै आएको शिक्षण पेशालाई अगाडि बढाउनेथे । फेल भए घरमै कुनै व्यवसाय गर्ने सोच बनाएको थिए । तर नतिजा नै प्रकाशन कहिले हुनेहो ?’

सुर्खेतका शिक्षक महेन्द्र शाहीलाई पनि नतिजा प्रकाशनमा भईरहेको ढिलाईप्रति शंका नै लागेको छ । नतिजा तयार भईसकेको अवस्थामा पनि प्रकाशित गर्नु के को गाह्रो ? भन्दै आयोगलाई उनको प्रश्न छ ।

‘कापी जाँच भईसकेको छ । नतिजा तयार भईसकेको मिडियाहरुबाटै सुनेको छु । तर नतिजा प्रकाशन गर्न किन ढिलाई भईरहेको हो ? आयोगभित्र चलखेल हुनसक्छ । त्यसतर्फ आयोग पदाधिकारी सचेत हुनुजरुरी छ’ उनले भने ।

शिक्षा मन्त्रालयको ग्रिन सिग्नलको पर्खाईमा आयोगः
शिक्षक सेवा आयोग भने शिक्षा मन्त्रालयको ग्रिन सिग्नलको पर्खाईमा रहेको छ । नतिजा तयार पारिसकेको आयोगले शिक्षा मन्त्रालयले फेल हुने शिक्षकहरुलाई घर पढाउने दिने प्याकेजबारे निर्णय गर्न नसक्दा समस्या परेको छ । आयोगका प्रशासकीय प्रमुख डा. तुलसीप्रसाद थपलियाले नतिजा तयार भईसकेको र केही दिनभित्रै प्रकाशन गरिने जानकारी दिए । आयोगका पदाधिकारीहरुका अनुसार शिक्षा मन्त्रालयसँग छलफल गरेरमात्रै नतिजा प्रकाशित गरिनेछ ।

कूल २२ हजार ७६ पदका लागि गत असार २९ र ३० गते भएको अस्थायी शिक्षकको परीक्षाको तिनै तहमा गरी २३ हजार २ सय ८६ आवेदन परेको थियो । तर परीक्षामा २२ हजार २ सय ३५ जना सहभागी भएका थिए । जसमा प्राविका लागि आवश्यक १६ हजार ५ सय ३२ पदका लागि १५ हजार ६ सय ९० जना मात्रै परीक्षामा सहभागी भएका थिए । निमाविका लागि आवश्यक ३ हजार २ सय ३४ पदका लागि ३ हजार ५ सय ७५ जनाले प्रतिस्पर्धा गरेका थिए । यस्तै २ हजार ३ सय १० पद रहेको मावि तहमा २ हजार ९ सय ७० जनाले प्रतिस्पर्धा गरेका थिए ।

Logo