इन्टरनेशनल स्कुल अफ टुरिजम एण्ड होटेल म्यानेजमेन्ट (आइएसटी) कलेज पर्यटन तथा होटल म्यानेजमेण्टको धेरै मन पराइएका कलेजहरुमध्ये अग्र पंक्तिमा आउने कलेज हो । "/>

टुरिजम एण्ड होटेल म्यानेजमेन्टको क्षेत्रमा अब्बल आइएसटी कलेज (भिडियोसहित)

टुरिजम एण्ड होटेल म्यानेजमेन्टको क्षेत्रमा अब्बल आइएसटी कलेज (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

इन्टरनेशनल स्कुल अफ टुरिजम एण्ड होटेल म्यानेजमेन्ट (आइएसटी) कलेज पर्यटन तथा होटल म्यानेजमेण्टको धेरै मन पराइएका कलेजहरुमध्ये अग्र पंक्तिमा आउने कलेज हो । आफ्नो भविष्य समुज्वल बनाउने इच्छा बोकेका विद्यार्थीहरुले आइएसटी कलेजलाई पहिलो प्राथमिकतामा राख्ने गर्छन् ।

ब्यावहारिक शिक्षाका साथै एकेडेमिक शिक्षामा अब्बल भएको कारणले गर्दा वर्षेनी यस कलेजमा पढ्न आउने विद्यार्थीहरुको संख्या दिनानु दिन बढ्दो छ । आइएसटी कलेज टुरिजम र होटल म्यानेजमेन्ट शिक्षा क्षेत्रमा उदाहरणीय कलेजको रुपमा चिनिन्छ ।

२००४ सालमा काठमाडौंको ज्ञानेश्वरमा अवस्थित आइएसटी कलेज साल्जर्बग युनिर्भसिटी अफ अपलाइड साइनस अस्ट्रियाबाट सम्बन्धन प्राप्त कलेज हो । उत्कृष्ट व्यवस्थापन टिमका साथै अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षाको लागि अध्ययन अध्यापन गराईरहेको यस कलेजले सहुलियत मूल्यमा यूरोपियन डिग्री प्रदान गर्ने गर्छ । आईएसटी इन्टरनेशनल कलेजले प्लस टु र ब्याचलर लेभलको अध्ययन अध्यापन गराउँदै आएको छ ।

यस कलेजको प्लस टु लेभलमा होटल म्यानेजमेन्ट पढाइन्छ । यहाँ अध्ययन गर्ने विद्यार्थीले नेपालको मात्र नभएर अस्ट्रियाको होटल म्यानेजमेन्ट डिग्रीको सर्टिफिकेट समेत पाउँने गर्छन् । पाठ्यक्रम विद्यार्थीहरुको क्षमता र हस्पिटयालिटीमा करियर बनाउन चाहनेलाई लक्षित गरि तयार पारिएको छ ।

सफल स्नातक उत्र्तिण विद्यार्थीले नेपाल र अस्ट्रिया, अस्ट्रेलिया, बेलायत र अमेरिका लगायतका देशहरुमा मास्र्टस डिग्री गर्न पाउने छन् । यो कलेजको लक्ष्य भनेको विद्यार्थीलाई व्यवहारिक, म्यानेजरियल र उत्कृष्ट कम्युनिकेशन स्किलको विकास गराउनु हो ।

Logo