काठमाडौं । सफ्टवेरिका कलेज सन् २०१० मा स्थापित भएको एक ब्रिटिस शिक्षाप्रद कलेज हो । ब्रिटिस शिक्षा शुरुवात गर्नको लागि अग्रणी कलेजको रुपमा चिनिएको सफ्टवेरिका कलेजले छोटो समयमै लामो छलाङ मारिसकेको छ । "/>

छोटो समयमै छलाङ मार्दै सफ्टवेरिका कलेज (भिडियोमा)

छोटो समयमै छलाङ मार्दै सफ्टवेरिका कलेज (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । सफ्टवेरिका कलेज सन् २०१० मा स्थापित भएको एक ब्रिटिस शिक्षाप्रद कलेज हो । ब्रिटिस शिक्षा शुरुवात गर्नको लागि अग्रणी कलेजको रुपमा चिनिएको सफ्टवेरिका कलेजले छोटो समयमै लामो छलाङ मारिसकेको छ ।

ब्रिटिस योग्यता हाँसिल गर्ने विद्यार्थीहरुले सफ्टवेरिका कलेजलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढेको कारणले गर्दा सफ्टवरिका कलेजको लोकप्रियता अहिले धेरै बढेको पाइन्छ । पाठ्यक्रम र एकेडेमिक शिक्षाको मामिलामा पनि अध्ययनरत छात्रछात्राहरु सफ्टवेरिका कलेजप्रति धेरै सन्तुष्ट देखिन्छन् ।

व्यावहारिक शिक्षालाई धेरै मान्यता दिने यस कलेजले कुशल व्यक्तित्व बन्नको लागि पनि उत्तिकै भूमिका निर्वाह गर्ने गरेको छ । सफल भविष्य बनाउनको लागि सफ्टवेयर कलेजले विभिन्न आन्तरिक क्रियाकलापहरुमा पनि विद्यार्थीहरुलाई सहभागि गराउँदै आएको छ ।

एकेडेमिक शिक्षाका साथै विद्यार्थीहरुलाई उचित र वास्तविक जीवनतिर अग्रसर बनाउन कलेजले विशेष भूमिका खेल्दै आएको छ । कलेजले विद्यार्थीहरुको क्षमता अनुसार स्वदेश वा विदेशका कम्पनीहरुमा राख्ने गरिन्छ । जसका कारणले झनै विद्यार्थीहरुलाई आफ्नो क्षमता विकास गर्न र अनुभव बटुल्न सजिलो हुने गर्छ ।

काठमाडौं दरवारमार्गस्थित होटल अन्नपूर्णको परिसरमा सफ्टवारिका कलेजले कोभेन्ट्री युनिभर्सिटीसँग पार्टनरसीप गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरेको थियो । उक्त कार्यक्रममा सफ्टवेरिका कलेजका अध्यक्ष विज्ञान श्रेष्ठले सफ्टवेरिका कलेजले कोभेन्ट्री बिश्वविद्यालयसँग गरेको सहकार्यले झनै राम्रा कुराहरु गर्न र नयाँ कुरा विद्यार्थीहरुलाई सिकाउन मद्दत पुग्ने बताएका थिए ।

त्यस्तै उक्त कार्यक्रमका प्रमुख अतिथी ब्रिटिस काउन्सिलका नेपालका लागि कन्ट्री डाइरेक्टर डा.जोवन इलिकले पनि यस सहकार्यबाट धेरै कुराहरु सहज हुने बताएका छन् । कार्यक्रममा लगभग २ सय भन्दा धेरै अतिथीहरुको सहभागिता थिए ।

Logo