चौथो मेगा अष्ट्रेलिया एजुकेशन फेयरको आयोजक वान अपले एक्जिभिटर्ससँग सात्क्षात्कार गरेको छ । सोमबार मेगा अष्ट्रेलिया एजुकेशन फेयरको आयोजक वानअपले फेयरलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भनेर एक्जिभिटर्ससँग भेटघाट गर्दै मिडिया प्लानिङ समेत गरेको हो । "/>

वान अपद्वारा एक्जिभिटर्ससँग सात्क्षात्कार

वान अपद्वारा एक्जिभिटर्ससँग सात्क्षात्कार

केन्द्रबिन्दु
0
Shares

चौथो मेगा अष्ट्रेलिया एजुकेशन फेयरको आयोजक वान अपले एक्जिभिटर्ससँग सात्क्षात्कार गरेको छ । सोमबार मेगा अष्ट्रेलिया एजुकेशन फेयरको आयोजक वानअपले फेयरलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भनेर एक्जिभिटर्ससँग भेटघाट गर्दै मिडिया प्लानिङ समेत गरेको हो ।

वानअपका प्रमुख कार्यकारी अधिकृत रबि झाले विगतको भन्दा यसपटकको मेगा अष्ट्रेलिया एजुकेशन फेयर बृहद् र प्रभावकारी हुने बताए । उनले यस पटकको फेयरमा डिजिटल मिडियालाई भरपुर प्रयोग गरिने बताए । झाले यस पटक फेयरमा आउने विद्यार्थीहरुलाई सरप्राइज गिफ्ट, ल्यापटप, ब्याकप्याक, ल्यापटप ब्याग, टिसर्ट, कप रिचार्जकार्ड लगायतका आकर्षक उपहार समेत पाउने बताए ।

आउँदो नोभेम्बर २२ र २३ (मंसिर ६ र ७) गतेका दिन हुने फेयरमा अष्ट्रेलियाको मेलवर्न एजुकेशन इन्ष्टिच्युट लगायत नेपालका उत्कृष्ट दुई दर्जन कन्सल्टेन्सीहरुको सहभागिता रहने छ । फेयर दरबारमार्ग स्थित होटल अन्नपूर्णमा हुनेछ ।

कार्यक्रममा बोल्दै काठमाडौं इन्फोसिसका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र रिजालले फेयरमा आउने विद्यार्थीले अष्ट्रेलियन एजुकेशनका विषयमा सहज रुपमा जानकारी गराउने वातावरण हुनुपर्ने र अधिकतम विद्यार्थीको सहभागिता हुनुपर्ने बताए । एक्जिभिटर्स व्रिफिङ कार्यक्रममा स्काइ एजुकेशन कन्सल्टेन्सीका राजन श्रेष्ठ, प्रान्जल कन्सल्टेन्सीका बासुदेव दाहाल लगायत दुई दर्जन कन्सल्टेन्सी ब्यवसायीको सहभागिता रहेको थियो ।

फेयरको इन एशोसिएशन अफमा लिंकन एजुकेशन कन्सल्टेन्सी रहेको छ । मुख्य स्पोन्सरमा एजुकेशन पार्क रहेको छ भने पावर्डवाइमा मर्सी एजुकेशन, सपोर्टेडमा अस स्टडीज, प्लाटेनियम स्पोन्सरमा काठमाडौं इन्फोसिस, डाइमण्ड स्पोन्सरमा स्टडी वल्र्ड लगायत  रहेका छन् ।

Logo