काठमाडौं । देशभरका शिक्षकहरुले जिल्ला शिक्षा विकास तथा समन्वय एकाईमा धर्ना दिएका छन् । नेपाल शिक्षक महासंघको आह्वानमा देशभरका शिक्षकहरुले ७७ वटै जिल्ला शिक्षा विकास तथा समन्वय एकाईमा धर्ना दिएर विरोध जनाएका हुन् । "/>

देशभरका शिक्षकहरुले शिक्षा समन्वय एकाईमा धर्ना दिए

देशभरका शिक्षकहरुले शिक्षा समन्वय एकाईमा धर्ना दिए

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । देशभरका शिक्षकहरुले जिल्ला शिक्षा विकास तथा समन्वय एकाईमा धर्ना दिएका छन् । नेपाल शिक्षक महासंघको आह्वानमा देशभरका शिक्षकहरुले ७७ वटै जिल्ला शिक्षा विकास तथा समन्वय एकाईमा धर्ना दिएर विरोध जनाएका हुन् ।

तेस्रो चरणको आन्दोलन अन्र्तगत उनीहरुले आज विहान १० बजेदेखि धर्ना दिएर विरोध जनाएका हुन् । वर्तमान शैक्षिक अवस्थाको सुधार तथा नेपाली शिक्षकहरुको पेशागत हकहितको सुनिश्चितता लगायतका २६ बुँदे माग अघि सार्दै शिक्षकहरु आन्दोलनमा उत्रिएका हुन् ।

नेपाल शिक्षक महासंघले तेस्रो चरणको आन्दोलन अन्र्तगत धर्ना तथा ज्ञापनपत्र बुझाईएको नेपाल राहत शिक्षक केन्द्रिय समितिका वरिष्ठ सह अध्यक्ष नबिनसिंह धामीले जानकारी दिए ।

आन्दोलनका कार्यक्रम अन्र्तगत महासंघले मंसिर ७ गते सातै प्रदेशमा विरोध तथा जुलुस गर्ने, मंसिर १४ गते काठमाडौंमा वृहत विरोध जुलुस तथा विरोध सभा गर्ने र मंसिर २१ गतेबाट काठमाडौंमा आन्दोलन गर्ने कार्यक्रम रहेको छ ।

भोलिदेखि देशभरका शिक्षकहरु तेस्रो चरणको आन्दोलनमा

Logo