काठमाडौं । भोलिदेखि देशभरका शिक्षकहरु तेस्रो चरणमा आन्दोलनमा होमिने भएका छन् । वर्तमान शैक्षिक अवस्थाको सुधार तथा नेपाली शिक्षकहरुको पेशागत हकहितको सुनिश्चितताका लागि भन्दै नेपाल शिक्षक महासंघको आह्वानमा कात्र्तिक ३० गते देशभरका शिक्षकहरु तेस्रो चरणको आन्दोलन गर्न लागेका हुन् । "/>

भोलिदेखि देशभरका शिक्षकहरु तेस्रो चरणको आन्दोलनमा

भोलिदेखि देशभरका शिक्षकहरु तेस्रो चरणको आन्दोलनमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । भोलिदेखि देशभरका शिक्षकहरु तेस्रो चरणमा आन्दोलनमा होमिने भएका छन् । वर्तमान शैक्षिक अवस्थाको सुधार तथा नेपाली शिक्षकहरुको पेशागत हकहितको सुनिश्चितताका लागि भन्दै नेपाल शिक्षक महासंघको आह्वानमा कात्र्तिक ३० गते देशभरका शिक्षकहरु तेस्रो चरणको आन्दोलन गर्न लागेका हुन् ।

महासंघमा आवद्ध शिक्षकहरुले भोलि ७७ वटै जिल्ला शिक्षा विकास तथा समन्वय एकाईमा धर्ना तथा विरोध कार्यक्रम गर्दैछन् । नेपाल शिक्षक महासंघले तेस्रो चरणको आन्दोलन अन्र्तगत धर्ना तथा ज्ञापनपत्र बुझाउन लागिएको नेपाल राहत शिक्षक केन्द्रिय समितिका वरिष्ठ सह अध्यक्ष नबिनसिंह धामीले जानकारी दिए । उनीहरुले विहान १० बजेदेखि दिउँसो २ बजेसम्म शिक्षा विकास तथा समन्वय एकाईमा धर्ना दिएर विरोध गर्ने कार्यक्रम रहेको छ ।

आन्दोलनका कार्यक्रम अन्र्तगत महासंघले मंसिर ७ गते सातै प्रदेशमा विरोध तथा जुलुस गर्ने, मंसिर १४ गते काठमाडौंमा वृहत विरोध जुलुस तथा विरोध सभा गर्ने र मंसिर २१ गतेबाट काठमाडौंमा आन्दोलन गर्ने कार्यक्रम रहेको छ । उनीहरुले विभिन्न २६ बुँदे माग गर्दै आन्दोलन गर्दै आएका छन् ।

२६ बुँदे माग

Logo