त्रिभुवन विश्वविद्यालय अन्तर्गतको चिकित्सा शाष्त्र अध्ययन संस्थानले चिकित्सा शाष्त्र अध्ययनका लागि कोटा निर्धारणमा आर्थिक चलखेल गरेको भन्दै विद्यार्थीहरुले बिरोध प्रर्दशन गरेका छन । "/>

अध्ययनका लागि कोटा निर्धारणमा आर्थिक चलखेल

अध्ययनका लागि कोटा निर्धारणमा आर्थिक चलखेल

केन्द्रबिन्दु
0
Shares

त्रिभुवन विश्वविद्यालय अन्तर्गतको चिकित्सा शाष्त्र अध्ययन संस्थानले चिकित्सा शाष्त्र अध्ययनका लागि कोटा निर्धारणमा आर्थिक चलखेल गरेको भन्दै विद्यार्थीहरुले बिरोध प्रर्दशन गरेका छन ।

महाराजगञ्जस्थित चिकित्सा शाष्त्र अध्ययन संस्थानको डीन कार्यालयमा आईतबार बिहान भेला भएका उनीहरुले चिकित्सा शाष्त्र अध्ययनका लागि कोटा निर्धारण निष्पक्ष ढंगले गर्न माग गर्दै विरोध प्रर्दशन गरेका हुन । आर्थिक चलखेल गरेर चिकित्सा शाष्त्र अध्ययनका लागि कोटा निर्धारण हुन थालेपछि त्यसको विरोधमा डिन कार्यालय अगाडि नै प्रर्दशन गर्नु परेको विद्यार्थी कामना केसीले जानकारी दिइन् ।

उनले मेरिटको आधारमा कोटा निर्धारण नगरेर आफूहरुमाथि डिन कार्यालयले अन्याय गरेको आरोप समेत लगाइन् । विद्यार्थीहरुले चिकित्सा शाष्त्र अध्ययन संस्थानको प्रशासनलाई कोटा निर्धारणमा धाँधली नगर्न पनि सचेत गराएका थिए । तर डीन कार्यालयले आफूहरुको मागलाई बेवास्ता गरेको विद्यार्थीहरुको गुनासो छ ।
मेरिटको आधारमा चिकित्सा शाष्त्र अध्ययनका लागि कोटा निर्धारण नगरेकोमा विद्यार्थीहरुको आपत्ति छ ।

उनीहरुले ५२ प्रतिशत नम्बर ल्याउने विद्यार्थीलाई कसरी चिकित्सा शाष्त्र अध्ययनका लागि कोटा निर्धारण गरिएको भनि डीन कार्यालयलाई प्रश्न पनि गरेका छन । मेरिट विपरित कोटा निर्धारण गरिएकोमा आफूहरुको आपत्ति रहेको विद्यार्थी कुशकुमार चौंधरीले बताए ।

चिकित्सा शाष्त्र अध्ययन संस्थानले मेरिटको आधारमा चिकित्सा शाष्त्र अध्ययनका लागि कोटा निर्धारण गर्नुपर्नेमा आर्थिक चलखेलको आधारमा कोटा निर्धारण गरेको भन्दै विद्यार्थीहरुले आईतबारबाट विरोध प्रर्दशन सुरु गरेका हुन । चिकित्सा शाष्त्र अध्ययन संस्थानले चिकित्सा शाष्त्र अध्ययनका लागि कोटा निर्धारण गर्दा आफूखुसी गर्ने गरेको गुनासो हरेक वर्ष हुने गरेको छ । रासस

 

Logo