काठमाडौं

भूकम्पले भत्काएका ५० प्रतिशत भन्दा बढी विद्यालय पुनर्निर्माण भएका छन् । भूकम्प प्रभावित ३२ जिल्लामा क्षति पुगेका सात हजार नौ सय २३ मध्ये चार हजार ८९ विद्यालय पुनर्निर्माण भएका हुन् । "/>

भूकम्पले भत्काएका चार हजार विद्यालय पुनर्निर्माण

भूकम्पले भत्काएका चार हजार विद्यालय पुनर्निर्माण

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

भूकम्पले भत्काएका ५० प्रतिशत भन्दा बढी विद्यालय पुनर्निर्माण भएका छन् । भूकम्प प्रभावित ३२ जिल्लामा क्षति पुगेका सात हजार नौ सय २३ मध्ये चार हजार ८९ विद्यालय पुनर्निर्माण भएका हुन् ।

भूकम्पबाट २१ हजार एक सय ६९ कक्षाकोठा पूर्णरूपमा क्षति भएका थिए । त्यस्तै १२ हजार पाँच सय २२ कक्षाकोठामा अधिक र १५ हजार नौ सय ९० कक्षाकोठामा आंशिक क्षति भएको थियो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाइ ( शिक्षा ) का निर्देशक इमनारायण श्रेष्ठका अनुसार अहिले १६ हजार एक सय ६० कक्षाकोठाको पुनर्निर्माण भइरहेको छ । १४ हजार ६ सय ७१ कक्षाकोठा निर्माणाधीन छन् । दुई हजार ६ सय चार कक्षाकोठा निर्माणका लागि छनोट मात्र भएका छन् ।

त्यस्तै असोज सम्ममा एक हजार नौ सय ९० विद्यालय निर्माणाधीन छन् । निर्माणका लागि छनोट मात्र भएका विद्यालयको संख्या तीन सय ७७ छ । जिल्लामा कामको प्रगति सन्तोषजनक रहेको निर्देशक श्रेष्ठको भनाइ छ ।
नयाँ पत्रिकाबाट

Logo