दैलेख

अछामको पञ्चदेवल विनायक नगरपालिका–४, चेलकालाकी सुशीला बोहरा दैलेखको आठबीस नगरपालिका–४, राकमस्थित जनज्योति माध्यमिक विद्यालयमा १० कक्षाकी छात्रा हुन् । "/>

विद्यालयमा खानेपानीको अभाव : विद्यार्थी कर्णालीको पानी पिउँन बाध्य

विद्यालयमा खानेपानीको अभाव : विद्यार्थी कर्णालीको पानी पिउँन बाध्य

केन्द्रबिन्दु
0
Shares

दैलेख

अछामको पञ्चदेवल विनायक नगरपालिका–४, चेलकालाकी सुशीला बोहरा दैलेखको आठबीस नगरपालिका–४, राकमस्थित जनज्योति माध्यमिक विद्यालयमा १० कक्षाकी छात्रा हुन् । गाउँमा माध्यामिक तहको पढाइ नहुँदा उनी पढ्न राकम आएकी हुन् । विद्यालयमा खानेपानी अभाव भएका कारण उनले नजिकै रहेको कर्णालीको पानी पिउन थालिन् । मनले नमान्दा नमान्दै पनि उनले बाध्य भएर खोलाको पानी पिउनु पर्यो । त्यही पानीकै कारण उनी धेरैपटक बिरामी पनि भइन् । गाउँकै निमाविमा पढ्दा कहिल्यै खानेपानीको अभाव भएन । सफा, फिल्टरको पानी पिउँथिन् उनी गाउँकै स्कुलमा पढ्दा । तर मावि पढ्न राकम आएपछि कर्णालीको दूषित पानी पिउनु पर्ने बाध्यता आइलाग्यो ।

बोहरा प्रतिनिधि पात्र मात्र हुन् । जनज्योति मावि राकम पढ्ने खानेपानी लिन विद्यालय नजिकै रहेको कर्णाली नदीमा धाउँछन् । दिउँसो १ बजेको मध्यान्तर छुट्टीमा खोला किनारमा विद्यार्थीको लाम नै लाग्छ । ९ कक्षा अध्ययन गर्न राकम आएपछि नदीको प्रदूषित पानी पिउनु पर्ने बाध्यता सुरु भएको बोहराले बताइन् । ‘नदीको पानी खाएकै कारण म सुरूसुरूमा त सातैपिच्छे बिरामी हुन्थें,’ उनी भन्छिन्, ‘पेट दुख्ने, झाडापखाला जस्ता समस्या त अहिले सामान्य भइसके ।’

राकम आठबीस नगरपालिकाको सदरमुकाम भए पनि खानेपानीको सुविधा छैन । राकमका टाठाबाठाहरुले आफूहरुका लागि सीमित खानेपानीको मुहान ओगटेर घरमा धारा जोडेका छन् तर विद्यालयका लागि स्वच्छ खानेपानी छैन । विद्यालयमा अहिले ८ सय ७३ जना विद्यार्थी भर्ना छन् । विद्यालयमा खानेपानीसँगै शौचालयको पनि समस्या छ । यी दुवै समस्याले विद्यार्थीलाई हरेक दिन पिरोल्छ । यही समस्याले धेरै विद्यार्थी नियमित विद्यालय आउँदैनन् ।

विद्यालयका शिक्षक रमेशकुमार माझीले अहिलेसम्म धेरै निकायलाई खानेपानी समस्या समाधान गर्न आग्रह गरे पनि कसैले नसुनेको बताए । गतवर्ष नगरपालिकाले विद्यालयको खानेपानी समस्या समाधान गर्न भनेर २ लाख ५० हजार रुपैयाँ रकम विनियोजन गरेको थियो । स्थानीय वीरेन्द्र माझी अध्यक्ष रहेको उपभोक्ता समितिले पाइप बिच्छ्याएरै उक्त रकम सक्यो । पानी विद्यालयसम्म आउन सकेन । अहिले बिच्छयाएको पाइप पनि हराएको स्थानीय बताउँछन् । विद्यालयको सबैभन्दा ठूलो समस्या खानेपानी रहेको प्रधानाध्यापक खड्गराज शर्माले बताए । विद्यालयमा खानेपानी सुविधा नहुँदा विद्यार्थीले समूह बनाएरै कर्णाली नदीबाट पानी ल्याउने गरेको उनले स्वीकारे । उनका अनुसार कर्णालीको पानी पिउन योग्य छैन ।
नागरिकबाट

Logo