काठमाडौं । अब राहत शिक्षकलाई स्वतः स्थायी गरिने भएको छ । संघीय शिक्षा ऐनमार्फत राहत शिक्षकलाई स्थायी गर्ने सम्झौता सरकारले गरेको छ । "/>

अब ४० हजार राहत शिक्षकलाई स्थायी गर्दै सरकार

अब ४० हजार राहत शिक्षकलाई स्थायी गर्दै सरकार

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । अब राहत शिक्षकलाई स्वतः स्थायी गरिने भएको छ । संघीय शिक्षा ऐनमार्फत राहत शिक्षकलाई स्थायी गर्ने सम्झौता सरकारले गरेको छ । राहत शिक्षकलाई सरकारले प्रकृया पुर्‍याएर स्थायी गर्ने प्रतिबद्धता जनाएको हो ।

सबैका लागि शिक्षा कार्यक्रम अन्तर्गत सरकारले १५ वर्षअघि छोटो समयका लागि राहत शिक्षकको व्यवस्था गरेको थियो । सबै बालबालिकालाई विद्यालयमा ल्याउने लक्ष्य अनुसार सरकारले २०६० सालमा राहत शिक्षकको व्यवस्था गरी ११ वर्षसम्म विदेशी सहयताबाट तलव सुविधा दिएको थियो ।

सन् २०१५ मा सबैका लागि शिक्षा कार्यक्रम सकिएको थियो । राहत शिक्षकलाई तीन वर्षदेखि सरकारले आन्तरिक स्रोतबाटै तलब दिदैं आईरहेको छ । ४० हजार राहत शिक्षकलाइ तलबबाहेक उपादान समेत पाउने गरी सामाजिक सुरक्षाको व्यवस्था छ ।

उनीहरुले अब आफुहरुको सेवाको आधारमा स्वतः स्थायी गराउन माग गर्दैै गत असार देखि आन्दोलन गर्दै आएका थिए । असोज २१ गते उनीहरु काठमाडौं आएर आन्दोलन गरेपछि सरकार उनीहरुका माग सम्बोधन गर्न बाध्य भएको थियो । सरकारले संघीय शिक्षा ऐन बनाएर माग सम्वोधन गर्ने सहमति गरेको हो ।

Logo