काठमाडौं । गत असारमा लिईएको अस्थायी शिक्षकको परीक्षा नतिजा दशैं पछि प्रकाशन गर्ने निश्चत भएको छ । दशैं अगाडि नै प्रकाशित गर्ने तयारी गरिरहेको शिक्षक सेवा आयोगले असोज ११ देखि १३ गतेसम्म लिइएको स्थायी शिक्षक सेवाको परीक्षाका कारण अस्थायी शिक्षकको नतिजा अन्यौल बनेको थियो । "/>

अस्थायी शिक्षकको नतिजा दशैं र तिहारको बीचमा, कापी परिक्षणको काम सकियो

अस्थायी शिक्षकको नतिजा दशैं र तिहारको बीचमा, कापी परिक्षणको काम सकियो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । गत असारमा लिईएको अस्थायी शिक्षकको परीक्षा नतिजा दशैं पछि प्रकाशन गर्ने निश्चत भएको छ । दशैं अगाडि नै प्रकाशित गर्ने तयारी गरिरहेको शिक्षक सेवा आयोगले असोज ११ देखि १३ गतेसम्म लिइएको स्थायी शिक्षक सेवाको परीक्षाका कारण अस्थायी शिक्षकको नतिजा अन्यौल बनेको थियो ।

स्थायी शिक्षक परीक्षाका कारण अस्थायी शिक्षकको उत्तरपुस्तिका परीक्षणको काम समेत रोकिएको भनिए पनि अब दशैं र तिहारको बीचमा प्रकाशन गर्नेगरी शिक्षक सेवा आयोग लागेको छ । आयोगका प्रशासकीय प्रमुख डा. तुलसी थपलियाले कापी परिक्षणको काम सकिएको जानकारी दिए ।

कापी परिक्षणका क्रममा अपनाउनुपर्ने सबै प्रक्रिया पुरा भएको र प्रकाशन गर्ने नतिजा तय गरेर सार्वजनिक गर्ने तयारीमा छौं, थपलियाले भने । सबै काम सकिएको तर रिजल्ट प्रकाशन गर्ने मितिको टुंगो लाग्न नसकेको उनले बताए । अब दशै र तिराहको बीचमा आयोगको बैठक बसेर मितिबारे टुंगो लगाईने उनको भनाई छ ।

गत असार २९ र ३० गते भएको अस्थायी शिक्षकको परीक्षामा प्राथमिक तहमा आवश्यक भन्दा ८ सय ४२ कमले मात्र प्रतिस्पर्धा गरेका छन् । प्राविका लागि आवश्यक १६ हजार ५ सय ३२ पदका लागि १५ हजार ६ सय ९० जना मात्रै परीक्षामा सहभागी भएका थिए ।

यस्तै शिक्षक सेवा आयोगले असोज ११ देखि १३ गते सम्म लिइएको स्थायी शिक्षक परीक्षाको उत्तरपुस्तिका संकलन कार्य पुरा भइसकेको छ । अब कापी परिक्षणको काम सुरु गरिने थपलियाको भनाई छ ।

 

Logo