काठमाडौं । राहत शिक्षकहरुले स्वतः स्थायीको माग गर्दै काठमाडौं केन्द्रीत आन्दोलन गरेपछि सरकारको ध्यानाकर्षण भएको छ । गत असारबाट स्वतः स्थायीको माग गर्दै आन्दोलनमा रहेका देशभरका ४० हजार राहत शिक्षकहरुले आईतबारदेखि काठमाडौं केन्द्रीत आन्दोलन गरेका हुन् । "/>

राहत शिक्षकको प्रर्दशनपछि शिक्षा मन्त्रालय हल्लियो, वार्ताको लागि आह्वान

राहत शिक्षकको प्रर्दशनपछि शिक्षा मन्त्रालय हल्लियो, वार्ताको लागि आह्वान

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । राहत शिक्षकहरुले स्वतः स्थायीको माग गर्दै काठमाडौं केन्द्रीत आन्दोलन गरेपछि सरकारको ध्यानाकर्षण भएको छ । गत असारबाट स्वतः स्थायीको माग गर्दै आन्दोलनमा रहेका देशभरका ४० हजार राहत शिक्षकहरुले आईतबारदेखि काठमाडौं केन्द्रीत आन्दोलन गरेका हुन् ।

देशभरका राहत शिक्षकहरुले आईतबार काठमाडौंमा भेला भई स्वतः स्थायी गर्न माग गर्दै सरकारविरुद्ध प्रर्दशन गरेपछि शिक्षा मन्त्रालयले उनीहरुलाई वार्ताको लागि बोलाएको छ । शिक्षा मन्त्रालयले एक पत्र पठाउँदै वार्ताको लागि बोलाएको नेपाल राहत शिक्षक केन्द्रीय समितिका वरिष्ठ सह-अध्यक्ष नबिन सिंह धामीले जानकारी दिए ।

आफूहरुमाथि सरकारले अन्याय गरेको भन्दै आक्रोश व्यक्त गरेका थिए । राहत नेपाल राहत शिक्षक केन्द्रिय समितिको आह्वानमा आयोजित विरोध प्रर्दशनमा सहभागी राहत शिक्षकहरुले स्वतः स्थायी नगरे सरकार विरुद्ध कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी दिएका थिए ।

विगत १५ वर्षदेखि राज्यको सेवा समर्पित भएका राहत शिक्षकहरु अब राज्यले आफ्नो भविश्य नै बर्वाद पार्न लागेको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका थिए । अब सरकारसँग सोमबार बिहान ८ बजे वार्ता हुने सहअध्यक्ष धामीले बताए ।

भोली सरकारसँग हुने वार्तापछि आन्दोलनको कस्तो मोडमा जाने भन्ने टुंगो लाग्ने उनको भनाई छ । सरकारले आफुहरुको आन्दोलन दबाउन वार्ताको नाटक गर्न खोजेको हो भने सशक्त भएर थप आन्दोलनका कार्यक्रम घोषणा गरिने उनको भनाई छ । आफुहरुका माग सम्बोधन गर्ने हिसावले वार्ता आह्वान गरेको हो भने आफुहरुले स्वीकार गर्ने बताए ।

 

 

 

Logo