काठमाडौं । देशभरका राहत शिक्षकहरुले आज काठमाडौंमा विरोध प्रदर्शन गर्दैछन् । विगत १५ वर्षदेखि राज्यको सेवा समिर्पित भएका राहत शिक्षकहरु अब राज्यले आफ्नो भविश्य नै बर्वाद पार्न लागेको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् । "/>

देशभरका राहत शिक्षकहरु आफ्नो भविश्य खोज्न राजधानीमा

देशभरका राहत शिक्षकहरु आफ्नो भविश्य खोज्न राजधानीमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । देशभरका राहत शिक्षकहरुले आज काठमाडौंमा विरोध प्रदर्शन गर्दैछन् । विगत १५ वर्षदेखि राज्यको सेवा समिर्पित भएका राहत शिक्षकहरु अब राज्यले आफ्नो भविश्य नै बर्वाद पार्न लागेको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।

असारबाट आन्दोलनमा रहेका राहत शिक्षकहरु यतिबेला अन्तिम लडाई भन्दै राजधानी आएका छन् । देशभर करिब ४० हजार रातह शिक्षक छन् । ति मध्ये १५ हजार भन्दा बढी राहत शिक्षकहरु काठमाडौं आएका हुन् ।

राहत शिक्षकहरुले पटक–पटक राज्यलाई शिक्षा क्षेत्रको अस्त व्यस्तता र राहत शिक्षकहरूको व्यवस्थापनका लागि अनुरोध र ध्यानाकर्षण गर्दा पनि राज्य बेखबर र गैर जिम्मेवार भएको निष्कर्ष निकाल्दै आफ्नो भविष्य सुनिश्चितताको लागि उनीहरुले आज माइतीघर मण्डलामा बृहत प्रदर्शन गर्न लागेका हुन् । शैक्षिक अस्तव्यस्तता अन्त्य गर्न ४० हजार रातह शिक्षकको नीतिगत स्थायी व्यवस्थापन गर्न उनीहरुको माग छ ।

Logo