वीरगन्ज

शिक्षामन्त्री गिरिराजमणि पोख्रेलले विद्यार्थी भर्ना अभियानका नाममा गएको ६ वैशाखमा पर्साको श्री विद्यापीठ उमावि श्रीपुरमा आई विपन्न तथा दलित परिवारकी अञ्जली कुमारीलाई फूलमाला लगाई एकछिन बोकेर फर्किएको ५ महिना १४ दिन भयो । "/>

अभिभावक बनेका नेता नै चिन्दैनन् आफ्ना बालबालिका !

अभिभावक बनेका नेता नै चिन्दैनन् आफ्ना बालबालिका !

केन्द्रबिन्दु
0
Shares

वीरगन्ज

शिक्षामन्त्री गिरिराजमणि पोख्रेलले विद्यार्थी भर्ना अभियानका नाममा गएको ६ वैशाखमा पर्साको श्री विद्यापीठ उमावि श्रीपुरमा आई विपन्न तथा दलित परिवारकी अञ्जली कुमारीलाई फूलमाला लगाई एकछिन बोकेर फर्किएको ५ महिना १४ दिन भयो ।

त्यसैगरी प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले पनि पर्साको नगवामा रहेको श्री नेपाल राष्ट्रिय माविमा पुगी उसैगरी आदिती कुमारी र मनीषा कुमारीलाई एकछिन बोकेर फर्किएको पनि पाँच महिना ७ दिन भयो ।

प्रदेश २ कै सामाजिक विकासमन्त्री नवलकिशोर साहले पण्डित रामधेनी तिवारी आधारभूत विद्यालयमा पुगेर उसैगरी फर्किएको पाँच महिना ५ दिन भयो । मन्त्रीहरूले एकछिन विपन्न बालबालिका बोकेर मिडिया तताएका थिए । तर तिनलाई थाहा छैन, अहिले ती बच्चाको अवस्था के छ ?

अभिभावकत्वका नाममा गएको वैशाखमा खुबै हल्लाखल्ला भयो । मन्त्रीहरू विद्यालयमा आएर निकै तामझामका साथ विद्यार्थी भर्ना अभियान पनि चलाइयो । तर अभिभावकत्व गरेका बालबालिका आफैं चिन्दैनन्, उनीहरू । ‘सोधपुछ त परै जाओस्, अभिभावकत्व ग्रहण गरेका मन्त्री, नेता कसैले पनि आफ्ना बच्चा चिन्दैनन्,’ पण्डित रामधेनी तिवारी आधारभूत विद्यालयका प्रधानाध्यापक चन्देश चौहानले भने ।

उनीहरूको भन्दा फरक भनाइ श्रीपुर उच्च मावि र नगवा माविका प्रधानाध्यापकको पनि छैन । कार्यक्रम प्रदेश सरकार र क–कसले गरेको भनिए पनि त्यो खर्च त विद्यालयले नै बेहोरेको छ । उनीहरू सोध्छन्, ‘बाँकी के कुरा गर्नु ?’

अञ्जलीसँगै मन्त्री पोख्रेलको उपस्थितिमा आया महतो, रञ्जन महतो, नन्दनी कुमारी, प्रियंका कुमारी, पिंकी कुमारी, उषा कुमारी, शर्मा ठाकुर, मञ्जली कुमारी धाँगड, अमित महतो, निरज धाँगड, रानी कुमारी, कोयल कुमारी राउत, रिसव राउत, नन्दन महतो धाँगड र करण महतो धाँगड गरी १५ जना विद्यालय बाहिर रहेका बालबालिकालाई वीरगन्जको जेठो विद्यालय श्रीपुर उच्च माविमै भर्ना गरिएको थियो । जन्मदिने अभिभावकका साथ आएका बालबालिकाका संरक्षक बनेका थिए ।

‘एक बच्चाको भर्ना मेरो सामाजिक दायित्व, पहुँचको सुनिश्चितता र सिकाइमा स्थायित्व’ भन्ने नाराका साथ पर्साको नगवा माविमा वीरगन्ज महानगरपालिका र सामाजिक विकास मन्त्रालय प्रदेश २ जनकपुरधाम धनुषाले गरेको भनिएको विद्यार्थी भर्ना पाठ्यपुस्तक तथा पाठ्यसामग्री वितरण कार्यक्रममा प्रमुख अतिथि मुख्यमन्त्री गद्दी थिए । उनले त्यहाँ आदिती र मनीषा कुमारी दुई जना बच्चाको अभिभावकत्व ग्रहण गरेका थिए । मुख्यमन्त्री गद्दीले पनि ती बच्चाको अवस्था अझै नबुझेको विद्यालयले जनाएको छ ।
राजधानीबाट

Logo