काठमाडौं । व्यवस्थापकीय कमजोरीका कारण शिक्षा मन्त्रालय मातहतका कर्मचारीले साउन महिनादेखि तलब पाएका छैनन् । दसैं आइसक्दा पनि तलब कहिले पाउने अनिश्चित भएपछि कर्मचारी छटपटिन थालेका छन् । "/>

मन्त्रालयको कमजोरीका कारण शिक्षाका कर्मचारीले साउनदेखि तलब पाएनन्

मन्त्रालयको कमजोरीका कारण शिक्षाका कर्मचारीले साउनदेखि तलब पाएनन्

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । व्यवस्थापकीय कमजोरीका कारण शिक्षा मन्त्रालय मातहतका कर्मचारीले साउन महिनादेखि तलब पाएका छैनन् । दसैं आइसक्दा पनि तलब कहिले पाउने अनिश्चित भएपछि कर्मचारी छटपटिन थालेका छन् । शिक्षामन्त्री र शिक्षा मन्त्रालयका सचिवले समेत कर्मचारीका समस्या समाधानमा प्रभावकारी पहल नगरेको गुनासो कर्मचारीले गरेका छन् ।

माध्यमिक तहसम्मको शिक्षा स्थानीय तहमा गएपछि खारेज भएका जिल्ला शिक्षा कार्यालय, क्षेत्रीय शिक्षा निर्देशनालय, शिक्षा विभाग, शैक्षिक जनशक्ति विकास केन्द्र, परीक्षा नियन्त्रण कार्यालयलगायत निकायमा कार्यरत कर्मचारीलाई अहिले केन्द्रमै थन्क्याइएको छ ।

ती कर्मचारी कुन निकायमा पठाउने निर्णय हुन नसक्दा उनीहरूको तलब पनि निकासा हुन नसकेको मन्त्रालयले जनाएको छ । ती कर्मचारीलाई केन्द्रमा काजमा ल्याइए पनि फेरि स्थानीय तहमा पठाउन सामान्य प्रशासन मन्त्रालयसँग छलफल भइरहेको छ ।

मन्त्रालयअन्तर्गत अहिले २३ जना सहसचिव, ४ सय ८५ जना उपसचिव र ७ सयभन्दा बढी शाखा अधिकृत छन् । पाँचौ तहका प्राविधिक सहायक र अन्य कर्मचारीसमेत जोड्दा समग्र शिक्षा प्रशासनमा कार्यरत कर्मचारीको संख्या १ हजार ५ सय जति छ ।

Logo