काठमाडौँ

नेपाल शिक्षक महासङ्घले शिक्षक संस्था र सरकारबीच गरिएका विगतका सम्झौता कार्यान्वयन नगरिएकाले आन्दोलनमा उत्रिनु परेको जनाएको छ । "/>

शिक्षक महासङ्घद्वारा दुई महिना लामो आन्दोलनका कार्यक्रम घोषणा

शिक्षक महासङ्घद्वारा दुई महिना लामो आन्दोलनका कार्यक्रम घोषणा

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

नेपाल शिक्षक महासङ्घले शिक्षक संस्था र सरकारबीच गरिएका विगतका सम्झौता कार्यान्वयन नगरिएकाले आन्दोलनमा उत्रिनु परेको जनाएको छ ।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा महासङ्घका अध्यक्ष बाबुराम थापाले महासङ्घले निवृत्त शिक्षक र सबै स्थायी शिक्षकको निवृत्तिभरण, उपदान र औषधोपचार खर्च सङ्घीय सरकारले गर्नुपर्ने, विद्यालय कर्मचारीको तहगत दरबन्दी सिर्जना गरी सोही अनुसार पारिश्रमिक निर्धारण गर्नुपर्ने, राहत शिक्षकलाई स्थायी दरबन्दीमा रुपान्तर गर्नुपर्ने लगायत माग राखेको जानकारी दिए ।

महासङ्घले असोज २१ देखि मङ्सिर २१ सम्म आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । यसैगरी महासङ्घले शिक्षा सम्बन्धी हरेक अङ्गमा आफूहरुको अनिवार्य उपस्थित गराउन समेत माग गरेको छ ।
रासस

Logo