काठमाडौँ

त्रिभुवन विश्वविद्यालय विश्वका करिब २० हजार विश्वविद्यालयलाई पछि पारेर एक हजार भन्दा कम स्थानमा प्रवेश गरेको छ । "/>

विश्वका २० हजार विश्वविद्यालयलाई पछार्दै त्रिविवि अगाडि लाग्यो

विश्वका २० हजार विश्वविद्यालयलाई पछार्दै त्रिविवि अगाडि लाग्यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

त्रिभुवन विश्वविद्यालय विश्वका करिब २० हजार विश्वविद्यालयलाई पछि पारेर एक हजार भन्दा कम स्थानमा प्रवेश गरेको छ । सन् २०१८ को सर्वेक्षणपछि सार्वजनिक उक्त सर्वेक्षणमा त्रिवि ८ सय भन्दा माथि र १ हजार मुनि स्थानमा परेको जानकारी प्राप्त भएको हो ।

त्रिविवि यस अघि सन् २०१५ मा ४ हजार २ सय स्थानमा थियो । सन् २०१७ मा ३ हजार ८ सय ४१ स्थानमा रहेको थियो । विभिन्न निकायले गरेको अनुसन्धानमा त्रिविको स्थान फरक फरक देखिएको थियो । टाइम्स हाइयर एजुकेशनले त्रिविलाई पहिलो पटक सर्वेक्षण गरेको हो । विश्व प्रशिद्ध द टाइम्स हाइयर एजुकेशनले गरेको सर्वेक्षणले त्रिविलाई उत्कृष्ठ विश्वविद्यालयको रुपमा वर्णन गरेको छ ।

संस्थाले रिक्वायरमेन्ट माग गरेको थियो । सो रिक्वायरमेन्ट पुरा गरेपछि शैक्षिक स्तरमा सुधार भएको त्रिविका योजना महाशाखा प्रमुख डा. ऋद्धिस पोखरेलले जानकारी दिनुभयो ।

संस्थाले गरेको मापदण्ड पुरा गरेपछि सार्वजनिक गरेको विवरण अनुसार त्रिविले उल्लेखनीय सफलता हासिल गरेको उहाँको भनाइ छ । आफुखुसी कुनै संस्थाले गरेको सर्वेक्षण भन्दा पनि विश्वको उत्कृष्ठ संस्थाले गरेको सर्वेक्षण महत्वपुर्ण रहेको दाबी त्रिविले गरेको छ ।

त्रिविका उपकुलपति प्रा.डा तीर्थराज खनियाले पछिल्लो समयमा त्रिविले सबै किसिमको सुधार गरेपछि त्रिविको स्तर उल्लेख्य रुपमा वृद्धी भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो–विश्वका करिब २० हजार विश्वविद्यालयलाई पछि पार्दै एक हजार मुनी श्रेणीमा पुग्न सफल हुनु नेपालको लागि गर्वको विषय हो । द टाइम्स अफ एजुकेशनले ४ दिन अघि नतिजा सार्वजनिक गरेको थियो ।
नेपाल समाचारपत्रबाट

Logo