काठमाडौं । के तपाईं दुई महिनामा नै अंग्रेजीमा पोख्त हुन चाहानुहुन्छ ? प्रविधि मैत्री बन्दै आफ्नो व्यवसायमा अंग्रेजीको सहायताले दक्ष बन्न चाहानुहुन्छ ? यदी यस्तो चाहाना मनमा पालेर बस्नु भएको छ भने खुसीको खवर । "/>

दुई महिनामा नै अंग्रेजी जान्नु परेमा, ‘करिअर पाथ’

दुई महिनामा नै अंग्रेजी जान्नु परेमा, ‘करिअर पाथ’

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । के तपाईं दुई महिनामा नै अंग्रेजीमा पोख्त हुन चाहानुहुन्छ ? प्रविधि मैत्री बन्दै आफ्नो व्यवसायमा अंग्रेजीको सहायताले दक्ष बन्न चाहानुहुन्छ ? यदी यस्तो चाहाना मनमा पालेर बस्नु भएको छ भने खुसीको खवर । राजधानीमा यस्तै नयाँ पाठ्यक्रम खुलेको छ ।

जसले तपाईंलाई आफ्नै मोवाईल फोनको माध्यमबाट अंग्रेजी सिकाउँछ । सिकिसकेपछि परीक्षा लिन्छ । परीक्षामा पास भएपछि अन्तर्राष्ट्रिय स्तरको प्रमाणपत्र समेत दिन्छ । काठमाडौंको डिल्लीबजारस्थित युनिभर्सल ल्याङ्वेज एण्ड कम्प्युटर इन्सिच्युटले विशेष योजनामा ‘करिअर पाथ’ कोर्ष सञ्चालन गरेको छ ।

भविष्य बनाउन अंग्रेजी सिकेर देश भित्र वा बाहिर पढ्न अथवा काम गर्न गए पनि सञ्चारका माध्यममा अभ्यस्त नहुनु हाम्रो लागि अर्को चिन्ताको विषय हो । ‘करियर पाथ’ रिडिङ, लिस्निङ, राईटिङ र स्पिकिङलाई सुदृढ गरेर सुन्दर भविश्य बनाउने कार्यमा सक्रिय छ । नयाँ तरिकाले अंग्रेजी सिकाउने यस संस्थाले वास्तवमा नै भविश्यको बाटो बनाइदिन्छ ।

इन्टरभेङ, (इन्टरनेशनल भोकेसनल इंग्लिस) अंग्रेजी भाषा परीक्षासम्बन्धी प्रकाशनमा विश्वकै अग्रणी एस्कप्रेस पब्लिसिङको सहायक संस्था हो । इन्टरभेङ इङल्याण्डको राजधानी लण्डनस्थित युनिभर्सिटी अफ ग्रिनवीचसँगको सहकार्यमा यस संस्थाले नयाँ युगको सुरुवात गर्न लागेको प्रष्ट हुन्छ । यसले व्यवसायिक तथा पेशागत रुपमा सक्रिय अंग्रेजी भाषाका विद्यार्थीहरुलाई अन्तर्राष्ट्रिय स्तरको प्रमाणपत्र समेत प्रदान गर्नेछ ।

सन् १९८४ देखि स्थापित भएको युनिर्भसल ल्याङ्वेज एण्ड कम्प्युटर इन्सिच्युटले विभिन्न विद्याका औपचारिक भाषालाई समेटेर अंग्रेजी माध्यमबाट चाँडै सिकाउने संस्थाको रुपमा आफूलाई स्थापित गरिसकेको छ । देशलाई समृद्ध बनाउन अन्तर्राष्ट्रिय भाषामा पनि दक्ष हुनुपर्ने भन्दै अंगे्रजी भाषा सिकाउने प्लेटर्फम स्थापना भएको हो, जो समयको माग पनि हो ।

विशेषत नेपालमै रहेर सबै क्षेत्रमा अंग्रेजी फरर बोल्न र लेख्न सक्नु र विदेशमा दक्ष भएर काम गर्ने वातावरण बनाउँन सक्दा करिअर बिल्डप हुन्छ नै । ‘यस संस्थाले करिब ८३ वटा क्षेत्रमा आवश्यक पर्ने अंग्रेजी भाषा परीक्षामा विद्यार्थीलाई दक्ष बनाउने यसका संस्थापक उत्तम पन्त बताउँछन् ।

होटल म्यानेजमेन्टदेखि लिएर बैंकिङ, टुरिज्म, बिजनेस, कानुन, इन्जिनियरिङ, इन्सुरेन्स, ब्यूटी सलोन, एयर फोर्स, पुलिस, आर्किटेक, मेडिकल साइन्स, मेकानिकल जस्ता सबै पक्षलाई यस संस्थाले समेटेको छ । स्कूल कलेजबाट अंग्रेजी पढेर आएपनि यसलाई अझ व्यवहारिक र व्यवस्थित बनाउन सके भाषाको गुणस्तर बढ्न सक्ने संस्थापक पन्तको विश्वास छ ।

नेपालको परिपेक्षमा यो शैक्षिक संस्था एकदमै उपयुक्त र सहज हुने पनि संस्थापक पन्त बताउँछन् । नेपालमा डिजिटल प्लेटफर्ममा पढ्ने–पढाउने अभ्यास नभएको हुनाले अहिलेको ‘ईङलिस टिचिङ’ लाई डिजिटल ढाँचामा परिवर्तन गर्ने उद्देश्यले यस्तो कार्यक्रम संचालन गरेको संस्थापकको धारणा छ । करियर पाथको एक मात्र मुल उद्देश्य भनेको नेपालीहरुलाई विशेष क्षेत्रको अंग्रेजीमा दक्ष बनाउनु हो ।

पढाई फम्र्याट
करिअर पाथको अध्ययन डिजिटल माध्यमबाट हुनेछ । यो पढाई मोबाइल एप्स, अनलाईन र डिजिटल माध्यमबाट शिक्षकसँग परामर्श गरी सञ्चालन हुन्छ । इन्सिच्युटमा फर्म भरिसकेपछि तपाईको फर्म बाहिरको ग्रिनविच विश्वविद्यालयमा जानेछ, त्यसपछि तपाईलाई त्यही विश्वविद्यालयले कोड र अध्ययन सामाग्री पठाउनेछ ।  

यो कोर्ष ५० घण्टाको हुनेछ । तपाईले आफ्नो विषय छानेर एप्स्बाट घरमै बसेर पढ्न सक्नुहुनेछ । एप्स्बाट पढ्न फुर्सद अथवा असहज भएमा युनिर्भसल ल्याङ्वेज एण्ड कम्प्युटर इन्सिच्युटमा पढ्न पनि सक्नुहुनेछ । यसको अफिस काठमाडौंस्थित डिल्लिबजार हाईटमा रहेको छ । तोकिएको कोर्ष निश्चत अवधी भर पढिसक्नुपर्ने पर्ने छैन् । तपाईले यो कोर्ष पढेर परीक्षा तीन वर्षसम्म जुनसुकै समयमा पनि दिनसक्नुहुन्छ । 

१५ हजार र करसहित शुल्क बुझाएर स्वअध्ययन गर्न सकिनेछ । युनिभर्सल ल्यांग्वेज एण्ड कम्प्युटर ईन्सिच्युटमा पढ्दा २५ हजार र करसहित शुल्क बुझाउनुपर्ने हुन्छ ।पढाईमा भिडियो क्लिपिङ र आफ्नो प्रगति हेर्न सकिन्छ । 

परीक्षाः

  • हरेक वर्ष दुई परीक्षा आयोजना गरिनेछ । परीक्षाको मिति केही समयअघि एक्सप्रेस पब्लिसिङको वेबसाइट डब्लुडब्लुडब्लु.इन्टरभेन्ज डट कम मा घोषणा गरिनेछ ।
  • हरेक परीक्षा ६० मिनेटको हुनेछ ।
  • परीक्षा पाँच भागमा हुनेछ: 
    भाग १: सुनाईसम्बन्धी
    भाग २: भाषाका साधनहरुको ज्ञान
    भाग ३: भाषाका कार्यहरुको ज्ञान
    भाग ४: पढाईसम्बन्धी
    भाग ५: लेखाईसम्बन्धी चेतना
  • परीक्षा आ–आफ्नो अध्ययनको क्षेत्रसँग सम्बन्धित विशिष्ट धारणा र कार्य, शब्दभण्डार र पदावली, सञ्चारका तरिका, पढाइ, बुझाइ, सुनाइ र लेखनमा केन्द्रित हुनेछ ।
  • परीक्षाको संरचना व्यवसायिक स्कुल, प्राविधिक कलेज तथा विश्वविद्यालयमा पढाइने विभिन्न विषय र क्षेत्रको आवश्यकतालाई पूरा गर्नेगरी तयार गरिएको छ ।

युनिभर्सिटी अफ ग्रिनविचद्धारा प्रदान गरिने दुवै प्रमाणपत्र (उपस्थिति प्रमाणपत्र र परीक्षा प्रमाणपत्र) ले सफल उम्मेदवारलाई आजको प्रतिस्पर्धी तथा उच्च माग भएको रोजगार बजारमा विशिष्ट लाभ दिनेछ ।

Logo