काठमाडौं । विश्वका उत्कृष्ट शिक्षकहरुको सूचीमा पर्न सफल शिक्षक विनोद शाहीलाई प्रिति चाउचाउले सम्मान गरेको छ । २०७४ चैत्रमा भार्की फाउन्डेसन ग्लोबल टिचर प्राइज सूचीको टप ४० मा पर्न सफल शाहीलाई प्रिती तयारी चाउचाउले नगद १ लाख रुपैयाँसहित सम्मान गरेको हो । "/>

विश्वका उत्कृष्ट शिक्षकको सूचीमा पर्न सफल विनोदलाई प्रिती चाउचाउको सम्मान

विश्वका उत्कृष्ट शिक्षकको सूचीमा पर्न सफल विनोदलाई प्रिती चाउचाउको सम्मान

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । विश्वका उत्कृष्ट शिक्षकहरुको सूचीमा पर्न सफल शिक्षक विनोद शाहीलाई प्रिति चाउचाउले सम्मान गरेको छ । २०७४ चैत्रमा भार्की फाउन्डेसन ग्लोबल टिचर प्राइज सूचीको टप ४० मा पर्न सफल शाहीलाई प्रिती तयारी चाउचाउले नगद १ लाख रुपैयाँसहित सम्मान गरेको हो ।

शाही माथिल्लो डोल्पास्थित श्री यांगर गुम्बा प्राथमिक विद्यालयका शिक्षक हुन् । एशियन थाईफुड्स अन्तर्गत प्रिती नूडल्स सामाजिक उत्थान एवं निःश्वार्थ भावनाले ‘भोक जरुरी छ’ अभियानको शिलसिलामा दुर्गम क्षेत्र डोल्पाको शिक्षा क्षेत्रलाई शिक्षित एवं सचेत बनाउने हिमयाक (Snowyak) संस्थाका संस्थापक समेत रहेका शिक्षक शाहीलाई सम्मान गरिएको हो ।

प्रितीले उनलाई सम्मान गर्नुका साथै उनले अध्यापन गराउने विद्यालयलाई टेबल तथा अन्य शैक्षिक सामाग्रीहरु समेत प्रदान गरेको छ ।

विगत १४ वर्षदेखि डोल्पामा केन्द्रित भई सञ्चालनमा आएको हिमयाकले २ वटा बन्द भएका विद्यालयकाु पुनःसञ्चालन, १३ गाउँका ८४५ बालबालिकालाई शैक्षिक सामाग्री वितरण, ७ विद्यालयमा १६ स्वयमसेवक शिक्षकहरुको परिचालन, ५२५ बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान एवं ८० भन्दा बढी विद्यार्थीहरुलाई उच्च शिक्षा प्रदान गर्दै आएको छ ।

 

 

 

 

 

Logo