काठमाडौं । यहि असोज ११, १२, र १३ गते सम्पन्न स्थायी शिक्षक सेवा आयोगको परीक्षामा सन्तोषजनक सहभागीता रहेको शिक्षक सेवा आयोगले जनाएको छ । "/>

८० प्रतिशत परीक्षार्थीले स्थायी शिक्षक सेवाको परीक्षा दिए

८० प्रतिशत परीक्षार्थीले स्थायी शिक्षक सेवाको परीक्षा दिए

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । यहि असोज ११, १२, र १३ गते सम्पन्न स्थायी शिक्षक सेवा आयोगको परीक्षामा सन्तोषजनक सहभागीता रहेको शिक्षक सेवा आयोगले जनाएको छ । प्रावि, निमावी र मावी गरी तिन तहमा लिईएको परीक्षामा ८० प्रतिशत परीक्षार्थी सहभागी भएको आयोगले जनाएको हो ।

२ लाख ७५ हजारले फारम भरेका थिए । त्यसमध्ये ८० प्रतिशत परीक्षार्थीहरुले परिक्षा दिएको आयोगका प्रशासकीय प्रमुख डा. तुलसीप्रसाद थपलियाले जानकारी दिए । यस अघिका वर्षमा परीक्षामा कोटाका कारण अन्यौलता सिर्जना भएपनि यो वर्ष भने खुल्ला प्रतिस्पर्धाबाट परीक्षा सञ्चालन गरिएकोले कुनै समस्या नआएको थपलियाको भनाई छ ।

आयोगले पहिलो पटक जुन जिल्लाबाट फारम भरेको हो त्यो जिल्लाबाट परीक्षा दिन नपाउने व्यवस्था गरेको थियो । आयोगले देशभरका विभिन्न ३४ जिल्लाका १ हजार २ सय ३२ केन्द्र तोकेर स्थायी शिक्षक सेवा आयोगको परीक्षा सञ्चालन गरेको थियो । प्रावि, निमावी र मावी गरेर १२ हजार भन्दा बढी सिटको लागि परीक्षा सञ्चालन गरिएको हो ।

Logo