काठमाडौं । देशभरका अस्थायी शिक्षकहरुले असोज १५ र १६ गते देशभरका सामुदायिक विद्यालय बन्द आह्वान गरेका छन् । संयुक्त अस्थायी करार शिक्षक केन्द्रीय संघर्ष समितिले दुई दिन देशभरका सामुदायिक विद्यालय बन्द आह्वान गरेको हो । "/>

असोज २२ देखि सरकारविरुद्ध चर्को आन्दोलन गर्ने अस्थायी शिक्षकको चेतावनी

असोज २२ देखि सरकारविरुद्ध चर्को आन्दोलन गर्ने अस्थायी शिक्षकको चेतावनी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । देशभरका अस्थायी शिक्षकहरुले असोज १५ र १६ गते देशभरका सामुदायिक विद्यालय बन्द आह्वान गरेका छन् । संयुक्त अस्थायी करार शिक्षक केन्द्रीय संघर्ष समितिले दुई दिन देशभरका सामुदायिक विद्यालय बन्द आह्वान गरेको हो । जारी हुन लागेको संघीय शिक्षा ऐनमा विज्ञापन नम्बर ३ का शिक्षकलाई न्यूनतम अंक ल्याउँदा लिखित परीक्षामा पास गराउन गरी संशोधन गर्न माग गरेका छन् ।

विज्ञापन नं १ र २ लाई झैँ विज्ञापन नम्बर ३ का शिक्षकलाई पनि न्यूनतम अंक ल्याउँदा लिखित परीक्षामा नाम निस्कने वातावरण मिलार्इदिन सरोकारवाला सबै पक्षलाई संघर्ष समितिले आग्रह गरेको हो ।

शनिबार काठमाडौंमा एक कार्यक्रम गरी धेरैभन्दा धेरै परीक्षार्थीको लिखित परीक्षामा विज्ञापन नम्बर १ र २ मा बढी भएका दरवन्दी विज्ञापन नम्बर ३ मा परीक्षा दिने परीक्षार्थीको व्यवस्थापनमा समायोजन गर्नुपर्ने पनि उनीहरुको माग छ ।

संघर्ष समितिले आन्दोलन वा विविध कारणले आन्तरिक परीक्षाबाट बञ्चित भएका अस्थायी शिक्षकहरुलाई पुनः परीक्षा दिन पाउने अवसर दिलाउनुपर्ने पनि माग गरेको छ । पास हुन नसक्ने अस्थायी शिक्षकलाई अर्को विद्यालय, तह वा राहत कोटामा पुनस्र्थापना गर्नुपर्ने संघर्ष समितिको माग छ ।

समितिमा आवद्ध शिक्षकले आफूहरुले अघि सारेका माग पूरा गर्न अविलम्ब प्रक्रिया अघि नबढाइए समितिले पुनः कडा आन्दोलन गर्ने चेतावनी दिएका हुन् । समितिका अध्यक्ष हेमनाथ चौलागाईँले सबै प्रकृतिका अस्थायी शिक्षकलाई आफ्ना शर्त अनुसार पास नगराएको खण्डमा सडकमा उत्रिने चेतावनी दिए ।

संघर्ष समितिले यही असोज २१ गतेसम्म आफ्ना माग पूरा गर्न सरकारलाई अल्टिमेटम दिएको छ । यदि असोज २१ गतेसम्म पनि माग पूरा नगरे बाध्य भएर आफूहरु देशव्यापी रुपमा निषेधित क्षेत्र तोड्दै आन्दोलन गर्ने चेतावनी दिए ।

समितिले सम्मानित सर्वोच्च अदालतले गरेको फैसला सरकारले कार्यान्वयन नगरेको विरोधमा यही असोज १५ र १६ गते देशव्यापी रुपमा सामूदायिक विद्यालय बन्द आह्वान गरेका हुन् ।

 

Logo