काठमाडौं । नेपाली विद्यार्थी र अभिभावकहरु अन्तर्राष्ट्रिय शिक्षाबारे जान्ने उत्सुकता हुन्छन । त्यसलाई मध्यनजर गर्दै रोयल शैक्षिक फाउन्डेसनले ‘अध्ययन–विदेश यात्रा–हप्ता’ सुरुवात गरेको छ । "/>

काठमाडौंमा रोयल शैक्षिक फाउन्डेसनको ‘अध्ययन–विदेश यात्रा–हप्ता’

काठमाडौंमा रोयल शैक्षिक फाउन्डेसनको ‘अध्ययन–विदेश यात्रा–हप्ता’

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपाली विद्यार्थी र अभिभावकहरु अन्तर्राष्ट्रिय शिक्षाबारे जान्ने उत्सुकता हुन्छन । त्यसलाई मध्यनजर गर्दै रोयल शैक्षिक फाउन्डेसनले ‘अध्ययन–विदेश यात्रा–हप्ता’ सुरुवात गरेको छ ।

सेप्टेम्बर २४ बाट सुरु भएको अध्ययन विदेश यात्रा–हप्तामा विद्यार्थीहरुले विभिन्न विश्व विद्यालयबाट आएका प्रतिनिधिहरुसँग भेटेर कुरा गर्न सक्छन् । यस कार्यक्रमा अष्ट्रेलिया, क्यानडा, न्युजिल्याण्ड र भारतका विश्वविद्यालयबाट प्रतिनिधिहरु आएका छन् ।

अन्तर्राष्ट्रिय शिक्षाबारे बुझ्न रुचि राख्ने विद्यार्थीहरुले विशेषज्ञबाट सल्लाह प्राप्त गर्नेछन् । वर्तमान समयमा विद्यार्थीहरुको लागि गुणस्तरिय अन्तर्राष्ट्रिय शिक्षा विश्वव्यापी रुपमा नै उच्च छ । प्रत्येक वर्ष धेरै नेपाली बिद्यार्थीहरु अध्ययनको लागि अष्ट्रेलियालाई आफ्नो गन्तव्य बनाइरहेका छन् ।

अध्ययनको क्रममा कुनै पनि देशमा किन जाने, कुन विश्वविद्यालयको पाठ्यक्रम कस्तो छ ? कुन देशको, कुन युनिर्भसीटीको गन्तव्यको सम्भावना के छ ? यस्ता प्रश्नहरु विदेशमा अध्ययन गर्न जाने विद्यार्थीलाई स्वाभाविक रुपमै आँउछ । किनकी लगानी कति हो ? विदेशमा पढ्ने सपना देख्नको लागि त्यो कुरा बुझ्नु आवश्यक हुन्छ ।

यहि कारणले गर्दा रोयल एजुकेशन फाउन्डेसनले आयोजना गरेको अध्ययन विदेश यात्रा हप्तामा सबै जिज्ञाशाको समाधान खोजिनेछ । रोयल एजुकेशन फाउन्डेसनले प्रमुख शैक्षिक परामर्शदाता प्रदायक तथा एक व्यापारिक साधनको नाममा १५ वर्ष देखि विश्वास दिलाँउदै आएको छ । रोयल फाउन्डेसनले विद्यार्थी तथा अभिभावकहरु र अन्तराष्ट्रिय शिक्षा प्रदायकहरुबीचको दूरीलाई कम गर्नको लागि पुलको काम गर्दै आएको छ ।

रोयल एजुकेशन फाउन्डेसनको ‘अध्ययन बिदेश अन्वेषण हप्ता’ जुन सेप्टेम्बर २५ मा बन्द गरिएको छ । भने ‘अध्ययन–विदेश यात्रा–हप्ता’ अक्टोबर ३ सम्म सञ्चालित हुनेछ । कार्यक्रममा मुख्यतः विद्यार्थीले अध्ययनका अवसरहरु र करियरको सम्भावना तथा विभिन्न गन्तव्य र विश्वबिद्यालयहरुलाई प्रस्ताव गर्न सकिनेछ ।

Logo