काठमाडौं । चिकित्सा शिक्षा विधेयक पास नगरी संघीय संसदको अधिवेशन अन्त्य भएको छ । डा. गोविन्द केसीले विधेयक पास नभए फेरि अनसन बस्ने चेतावनी दिइसकेका छन् । "/>

किन रोकियो चिकित्सा शिक्षा विधेयक, अब डा. केसीले के गर्लान ?

किन रोकियो चिकित्सा शिक्षा विधेयक, अब डा. केसीले के गर्लान ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । चिकित्सा शिक्षा विधेयक पास नगरी संघीय संसदको अधिवेशन अन्त्य भएको छ । डा. गोविन्द केसीले विधेयक पास नभए फेरि अनसन बस्ने चेतावनी दिइसकेका छन् । तर, सरकारको वेवास्ता र डा. केसीसँग सरकारले गरेको सहमतिका केही बुँदामा शिक्षामन्त्री गिरिराजमणि पोखरेलको असहमति जनाएपछि विधेयक पास हुन नसकेको हो ।

समितिको बिहीबारको बैठकको सुरुमा नै उनले चिकित्सा शिक्षा विधेयक अघि बढाउन आग्रह गरे । यसका लागि आफूसहित कांग्रेसका सांसदहरुले दर्ता गरेका सबै संशोधन फिर्ता लिने र नेकपाका प्रमुख सचेतक देव गुरुङले डा. केसीसँग भएको सहमतिअनुसार दर्ता गरेको संशोधनलाई समर्थन गर्ने बताए ।

त्यसपछि शिक्षामन्त्री पोखरेल र नेकपाका सांसदहरुले विपक्षी सांसदहरुसँग छलफल भयो । उपसमितिको बैठक बोलाइयो । नेकपाका सांसदहरुले विपक्षी दलको प्रस्ताव राम्रो हो त भने तर, विधेयक अघि बढाउने रुची देखाएनन् ।

कांग्रेस सांसदहरुका अनुसार नेकपा तयार भएको भए संसद बैठक लगातार राखेर भएपनि डा. केसीसँग भएको सहमतिअनुसार विधेयक पास गर्न सम्भव थियो । किनकी नेकपा र कांग्रेस बाहेक मात्र चार सांसदको संशोधन दर्ता भएको थियो, जसलाई बहुमतका आधारमा अस्वीकृत गर्न संसदले सक्थ्यो । तर, न सत्तारुढ दलका कुनै सांसदले चासो देखाए, न शिक्षामन्त्रीले पनि आफूले ल्याएको विधेयक अगाडि बढाउने तदारुकता देखाए ।

Logo