काठमाडौं । शिक्षक सेवा आयोगले लिएको स्थायी परीक्षाको आज पहिलो दिन । माध्यमिक तहको परीक्षा सकिएको छ । आज परीक्षा दिन गएका विद्यार्थीहरु शिक्षक सेवा आयोगको गल्तीका कारण अन्योलमा परे । "/>

शिक्षक सेवा परीक्षाः कसैको प्रवेशपत्रमा गल्ती, कसैको सिम्बोल नम्बर नै फरक

शिक्षक सेवा परीक्षाः कसैको प्रवेशपत्रमा गल्ती, कसैको सिम्बोल नम्बर नै फरक

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । शिक्षक सेवा आयोगले लिएको स्थायी परीक्षाको आज पहिलो दिन । माध्यमिक तहको परीक्षा सकिएको छ । आज परीक्षा दिन गएका विद्यार्थीहरु शिक्षक सेवा आयोगको गल्तीका कारण अन्योलमा परे । कोही परीक्षार्थीको नाम मिलेको थिएन् भने कोहीको विषय नै फरक थियो ।

आयोगले विषय र तह उल्टो पाल्टो पारिदिदाँ परीक्षार्थीहरु अन्यौलमा परेका हुन् । कतिपयको सिम्बोल नम्बर नै फरक पारिएको छ । परीक्षाको लागि प्रवेश पत्र लिन जाँदा परीक्षार्थीहरुले तह, विषय र सिम्बोल नम्बर फरक परेको पत्ता लागेको हो । अब भोली र पर्सी गरेर २ दिन अझै परीक्षा हुँदैछ । तर परीक्षार्थीहरु आयोगको गल्तीका कारण समस्यामा परे ।

कसैको सिम्बोल नम्बरमा समस्या आएको छ । प्रवेशपत्रमा सिम्बोल नम्बर नै नमिलेपछि परीक्षाकेन्द्र कहाँ खोज्ने एक विद्यार्थीले गुनासो गरे । आयोगले यस बारेमा कामचलाउ ब्यवस्था गरेको जनाएको छ । पहिलो चरणमा परीक्षाको अघिल्लो दिन बुधबार अबेर आयोगले विभिन्न जिल्लाका ८६ परीक्षार्थीको तह, विषय र रोल नम्बर सच्याएको थियो ।

परीक्षार्थीहरुको परीक्षा दिने तह र विषय फरक परेको भनि सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाइबाट लेखि आएको भन्दै आयोगले परीक्षार्थीको तह विषय र रोल नम्बर सच्याएर कायम गरेको हो ।

कूल १२ हजार ७ सय ३९ पदका लागि भएको विज्ञापनमा २ लाख ८० हजारले आवेदन गरेका छन् । उक्त परीक्षाका लागि आयोगले ३४ जिल्लामा परीक्षा केन्द्र निर्धारण गरेको छ । आज मावि तहमा १ हजार १ सय ८ पदको लागि परीक्षा भएको थियो । अब भोली १ हजार ६ सय ३५ सिटको लागि निमावी तहको परीक्षा हुँदैछ । भने पर्सि १३ गते प्राथमिक तहमा ९ हजार ९ सय ९६ पदको लागी परीक्षा हुनेछ ।

Logo