काठमाडौँ

यो वर्ष सातौं पटक विद्यालय बन्द भयो । दुई दिन सरकार र बाँकी दिन नेकपा विप्लव र राहत शिक्षकले विद्यालय बन्द गरेका थिए । "/>

राजनितीक दलका स्वार्थले ६ महिनामा ७ पटक विद्यालय बन्द

राजनितीक दलका स्वार्थले ६ महिनामा ७ पटक विद्यालय बन्द

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

यो वर्ष सातौं पटक विद्यालय बन्द भयो । दुई दिन सरकार र बाँकी दिन नेकपा विप्लव र राहत शिक्षकले विद्यालय बन्द गरेका थिए । बन्दको कारण अधिकांश शिक्षालयको पढाइ चौपट भयो । नेकपा विप्लवले हिजो आइतबार उपत्यका बन्द गर्दा लाखौं विद्यार्थीको पठनपाठनमा असर प¥यो । उपत्यका बन्दको प्रभाव अन्य क्षेत्रमा नपरे पनि उपत्यकाका शिक्षण संस्थामा त्यसको प्रत्यक्ष असर परेको छ ।

सरकारले विद्यालयलाई शान्तिक्षेत्र घोषणा गरेको ९ वर्ष पुग्दा समेत विद्यालय बन्द रोकिएको छैन । मन्त्रिपरिषद्को बैठकले २०६८ साल जेठ ११ गते विद्यालयलाई शान्तिक्षेत्र घोषणा गर्ने निर्णय गरेको थियो । त्यसको ६ दिनपछि अर्थात् जेठ १६ गते नेपाल शैक्षिक गणतान्त्रिक मञ्चले शिक्षण संस्था बन्दको आह्वान गरेको थियो ।

विभिन्न संगठनले पटकपटक विद्यालय बन्द गर्दा समेत सरकारले कुनै पहल गरेको छैन । सरकार बन्द विद्यालय खुलाउने विषयमा मूकदर्शक बन्ने गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता वैकुष्ठप्रसाद अर्यालले विद्यालय बन्द गर्न नहुने तर्क गर्नुभयो । तर बन्द विद्यालय खुलाउन सरकारले के पहल गरेको छ त भन्दा उहाँले केही उत्तर दिनुभएन । भन्नुभयो– ‘बन्द गर्नु हुँदैन सरकारले घोषणा गरेको विद्यालय शान्तिक्षेत्रलाई सबैले पालना गर्नुपर्छ ।’

पछिल्लो तथ्यांकअनुसार सरकारले विमस्टेक सम्मेलनको दुई दिन भदौ १४ र १५ गते विद्यालय बन्द गरेको थियो । त्यसपछि विप्लव पार्टीले वैशाख २२, जेठ २१, असार ३, साउन २९ गते बन्द आब्हान गरेको गरेको थियो । त्यस्तै राहत शिक्षकले भदौ २६ गते विद्यालय बन्द आब्हान गरेको थियो ।

अचानक उपत्यका बन्द भएपछि आइतबार बिहानै विद्यालय पुगेका विद्यार्थी विद्यालयको गेटबाट फर्किएका थिए । ‘बन्द सधैंका लागि बन्द गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो, तर सरकारले यो विषयमा केही सोचेन’ –प्याब्सनका वरिष्ठ उपाध्यक्ष डीके ढुंगानाले भन्नुभयो । बन्दको मारमा सधैं विद्यालय मात्रै पर्ने गरेका छन् । यो विषयमा सरोकारवालाले गम्भीर भएर सोच्नुपर्ने उहाँको भनाइ थियो ।
नेपाल समाचारपत्रबाट

Logo