काठमाडौं


निजी विद्यालय सञ्चालकहरूले सरकारविरुद्ध आन्दोलनमा उत्रने चेतावनी दिएका छन् । "/>

१० देखि १५ प्रतिशत छात्रवृत्ति दिनुपरे निजी विद्यालय बन्द गर्ने सञ्चालकहरुको चेतावनी

१० देखि १५ प्रतिशत छात्रवृत्ति दिनुपरे निजी विद्यालय बन्द गर्ने सञ्चालकहरुको चेतावनी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

निजी विद्यालय सञ्चालकहरूले सरकारविरुद्ध आन्दोलनमा उत्रने चेतावनी दिएका छन् ।

अनिवार्य तथा निःशुल्क शिक्षा ऐनमा निजी विद्यालयले १० देखि १५ प्रतिशत छात्रवृत्ति दिनुपर्ने व्यवस्था गरेको विरोधमा सञ्चालकहरु उत्रिएका हुन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन ( प्याब्सन ) का वरिष्ठ उपाध्यक्ष डिके ढुंगानाले १० प्रतिशतभन्दा बढी छात्रवृत्ति दिन नसक्ने र छात्रवृत्तिमा पढेकालाई उच्च शिक्षा अध्ययनमा समेत छात्रवृत्तिका लागि योग्य हुने व्यवस्था गर्न माग गरेर एक महिने अल्टिमेटम दिएको बताए ।

एक महिनासम्म सरकारले माग पूरा नगरे थप आन्दोलनका कार्यक्रम ल्याउने र कुनै सीप नलागे विद्यालय नै बन्द गर्ने विकल्प नरहेको उनले बताए  । उनले भने, ‘लगानीको सुरक्षा नभएपछि विद्यालय बन्द गर्नु नै अन्तिम विकल्प हो ।’ प्याब्सनले सरकारलाई १ असोजमा अल्टिमेटम दिएको हो ।
नयाँ पत्रिकाबाट

Logo