गुल्मी । नमस्ते नगरेको भन्दै एक वडाअध्यक्षले शिक्षकलाई झापड हानेका छन् । गुल्मीको रेसुंगा नगरपालिका–१० का वडा अध्यक्ष भगवती माध्यमिक विद्यालयका शिक्षक गोपाल बिष्टमाथि नमस्कार नगरेको भन्दै झापड हानेका हुन् । "/>

नमस्ते नगरेको भन्दै वडाअध्यक्षले शिक्षकलाई झापड हाने

नमस्ते नगरेको भन्दै वडाअध्यक्षले शिक्षकलाई झापड हाने

केन्द्रबिन्दु
0
Shares

गुल्मी । नमस्ते नगरेको भन्दै एक वडाअध्यक्षले शिक्षकलाई झापड हानेका छन् । गुल्मीको रेसुंगा नगरपालिका–१० का वडा अध्यक्ष भगवती माध्यमिक विद्यालयका शिक्षक गोपाल बिष्टमाथि नमस्कार नगरेको भन्दै झापड हानेका हुन् । आफूलाई वडाध्यक्षले नमस्ते नगरेकै कारण झापड हानेको भन्दै न्याय माग्दै नगरपालिकामा निवेदन दिएका छन् ।

असोज १ गते वडा अध्यक्ष पदम अर्यालले शिक्षकलाई विष्टलाई झापड हानेका हुन् । आफूलाई असुरक्षा तथा खतरा महसुस भएपछि ज्यानको सुरक्षा र मनोवल उच्च हुने गरी न्याय पाउँ भनि नगरपालिकामा निवेदन दिएका हुन् । कक्षा–८ को कम्प्युटर विषय पढाई रहँदा वडा अध्यक्ष अर्याल कक्षामा प्रवेश गरेका थिए । अध्यक्ष अनुगमनमा आएका होलान् भनि शिक्षक अध्यापनमा नै केन्द्रित रहे ।

कक्षा कोठा घुमेर गएका अध्यक्ष अर्यालले लगत्तै शिक्षक बिष्टलाई कार्यालयमा बोलाए र शिक्षक विष्ट कार्यालयमा गई कुर्सीमा बस्न नपाउदै वडाध्यक्ष अर्यालले ‘तैले मलाई नमस्कार नगर्ने’ भन्दै हप्काएर झापड हानेको निवेदनमा उल्लेख गरिएको छ । शिक्षक बिष्टले आफूलाई अध्यक्ष अर्यालले तँ सुपेरियर बनेको, तैले के खोजेको भन्दै तल्लोस्तरमा झारेर गाली गरेको निवेदनमा उल्लेख गरेका छन् ।

आफू मौन रहेको अबस्थामा पनि वडाध्यक्ष अर्यालले यो अरु ठाउँ जस्तो होइन सिमिचौर हो सिमिचौर, ख्याल गर भन्दै धम्की दिएको र शिक्षक बिष्टले केही जबाफ नफर्काइ कुर्सीमा बसेका बिष्टलाई वडा अध्यक्ष अर्यालले कुर्सीबाट उठेर हातपात गर्न खोज्दै तलाई तल पुर्‍याई दिउँला यो सिमिचौर हो, बिचार गर भन्दै धम्की दिएको निवेदनमा उल्लेख छ ।

 

Logo