काठमाडौं । असोज ११ गतेदेखि हुने स्थायी शिक्षक परीक्षाको तयारी अन्तिम चरणमा पुगेको छ । शिक्षक सेवा आयोगले परीक्षाको तयारी अन्तिम चरणमा पुगेको जनाएको हो । "/>

असोज ११ गतेदेखि हुने स्थायी शिक्षक परीक्षा तयारी अन्तिम चरणमा

असोज ११ गतेदेखि हुने स्थायी शिक्षक परीक्षा तयारी अन्तिम चरणमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । असोज ११ गतेदेखि हुने स्थायी शिक्षक परीक्षाको तयारी अन्तिम चरणमा पुगेको छ । शिक्षक सेवा आयोगले परीक्षाको तयारी अन्तिम चरणमा पुगेको जनाएको हो । असोज ११, १२ र १३ गते हुने स्थायी शिक्षक परीक्षामा देशभरबाट २ लाख ८० हजार परीक्षार्थी सहभागी हुने आयोगका प्रशासकीय अधिकृत डा. तुलसी थपलीयाले जानकारी दिए ।

३४ जिल्लामा हुने परीक्षाका लागि १ हजार २ सय ४० परीक्षा केन्द्र तोकिएका छन् । परीक्षालाई व्यवस्थित, मर्यादित, तथा निष्पक्ष बनाउन भन्दै शिक्षक सेवा आयोगले पहिलो पटक आवेदन भरेको जिल्लाबाट परीक्षा दिन नपाउने व्यवस्था गरेको छ । उही जिल्लाबाट परीक्षा दिदाँ परीक्षार्थीले चिनेका केन्द्राध्यक्ष वा निरिक्षक हुने भएकोले चलखेल हुने आशँका सहित आयोगले जिल्ला फेरवदल गरेको हो ।

अब आयोगले केन्द्र निर्धारण गर्ने काम मात्र बाकी रहेको जनाएको छ । प्रशासकीय अधिकृत थपलियाले भने, ‘३४ जिल्लामा परीक्षा केन्द्र तोक्ने, केन्द्राध्यक्ष, निरिक्षक तोक्ने लगायतका काम सकिएको छ । अब विद्यार्थीको परीक्षा केन्द्र निर्धारणको काम मात्र बाँकी छ । त्यो पनि आज या भोलीसम्म पुरा हुन्छ ।’

परीक्षालाई व्यवस्थित, मर्यादित बनाउन भन्दै आयोगले परीक्षा हुने ३४ जिल्लामा परीक्षा समन्वय समितिको व्यवस्था गरेको छ । जसलाई एउटा निर्देशिका अनुसार काम कारवाही गर्न भनिएको छ ।

असोज ११ गते मावि, १२ गते निमावी र १३ गते प्राविको परीक्षा सञ्चालन हुँदैछ । यो पटक १२ हजार ३ सय ३९ सिटको लागि प्रतिस्पर्धा हुनेछ । आयोगले यो पटक ईलाम, झापा, मोरङ्, सुनसरी, उदयपुर, सप्तरी, सिराह, सिन्धुली, धनुषा, काभ्रे, भक्तपुर, काठमाडौं, ललितपुर र मकवानपुरमा परीक्षा केन्द्र तोकेको छ ।

त्यस्तै, चितवन, पर्सा, गोर्खा, कास्की, तनहुँ, स्याङ्जा, नवलपरासी र रुपन्देहीमा केन्द्र तोकिएको छ । यस्तै कपिलबस्तु, पर्वत, प्यूठान, दाङ् सुर्खेत, बाँके, बर्दिया, डोटी, कैलाली, डडेल्धुरा र कञ्चनपुरमा परीक्षा केन्द्र तोकिएको छ ।

Logo