काठमाडौं

निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल (प्याब्सन) ले दशैं लगत्तै देशभरका विद्यालय बन्द गर्ने चेतावनी दिएको छ । "/>

सरकारलाई प्याब्सनको एक महिने चेतावनी : अन्यथा देशभरका निजी विद्यालय बन्द गरिने

सरकारलाई प्याब्सनको एक महिने चेतावनी : अन्यथा देशभरका निजी विद्यालय बन्द गरिने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल (प्याब्सन) ले दशैं लगत्तै देशभरका विद्यालय बन्द गर्ने चेतावनी दिएको छ । संघीय संसदबाट पारित अनिवार्य र निःशुल्क शिक्षा विधेयकका केही बुँदा तत्काल संसोधन नगरे आन्दोलन स्वरुप विद्यालय बन्द गर्ने चेतावनी दिएको हो ।

संघिय संसदबाट आइतबार पारित भएको विधेयकमा निजी लगानीका विद्यालय सेवा मुलक हुने भन्ने वुँदामा प्रारम्भीक वालविकास शिक्षा देखि कक्षा १२ सम्म कुल विद्यार्थी मध्ये ५ सय सम्म विद्यार्थी भएका विद्यालयले १०, ८ सय सम्मकाले १२ र सो भन्दा माथी विद्यार्थी संख्या भएका विद्यालयले १५ प्रतिशत निःशुल्क अध्यापन गराउनु पर्ने उल्लेख गरिएको छ ।

सरकारले घोषणा गरेको सो विषय तत्काल संसोधन गरी साविककै १० प्रतिशत नगरे विद्यालयनै बन्द गर्ने चेतावनी दिइएको हो । प्याब्सनले सरकारलाई एक महिने अल्टिमेटम दिएको छ । असोज मसान्तसम्म विधेयक नसच्याए दशैं लगत्तै विद्यालय बन्द गर्ने चेतावनी दिएको हो ।

प्याब्सनका महासचिव राजेन्द्र वानियाँले विधेयक संसोधन नगरे सदाका लागि विद्यालय बन्द गर्ने र अन्तराष्ट्रिय अदालतमा क्षतिपुर्ति माग्दै निजी विद्यालयमा अध्ययनरत १५ लाख विद्यार्थीको जिम्मा सरकारलाई लगाउने चेतावनी दिए ।
नेपाल समाचारपत्रबाट

Logo