‘अष्ट्रेलियन शैक्षिक मेला २०१८’ भोलीबाट

‘अष्ट्रेलियन शैक्षिक मेला २०१८’ भोलीबाट

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । राजधानी काठमाडौं लगायत चार स्थानमा ‘अष्ट्रेलियन शैक्षिक मेला २०१८’ हुने भएको छ । उच्च शिक्षाका लागि अष्ट्रेलिया अध्ययनमा जान चाहने विद्यार्थीलाई लक्षित गरेर ‘ब्लु स्काई एजुकेशन कन्सल्टेन्सी’ले यो मेला आयोजना गरेको हो ।

नेपालका विभिन्न चार प्रमुख शहरहरु काठमाडौं, पोखरा, चितवन र बुटवलमा यो मेला सञ्चालन हुनेछ । उक्त मेला भाद्र ३० अर्थात भोलीदेखि राजधानीको याक एण्ड यति होटलमा हुनेछ । यस्तै पोखरा मिड टाउन ग्यालेरियामा भाद्र ३१ गते, चितवन भरतपुर गार्डेन रिर्सोटमा असोज २ गते र बुटवलको दियालो फुडल्याण्डमा असोज ३ गते मेलाको आयोजना हुनेछ ।

एक दशक पुरानो संस्था ‘ब्लु स्काई एजुकेसन कन्सल्टेन्सी’ले २०१४ बाट काठमाडौंमा अष्ट्रेलियन मेला सुरु गर्दै आइरहेको छ । ब्लु स्काई एजुकेशन कन्सल्टेन्सीका निर्देशक राजमान थकालीका अनुसार यस शैक्षिक मेलामा अष्ट्रेलिया जान चाहने र जान छुटेका विद्यार्थी र अभिभावकले अष्ट्रेलियाका गुणस्तरीय विश्वविद्यालयका प्रतिनिधीहरुसँग प्रत्यक्ष छलफल समेत गर्न पाउने छन् ।

यस मेलामा अष्ट्रेलियाका टप लेभलका विश्वविद्यालयबाट आएका प्रतिनिधीहरुसँग एउटै छाता मुनी प्रत्यक्ष रुपमा अन्तरक्रिया र उचित निर्देशन विद्यार्थीले पाउने उद्देश्य राखेको थकाली बताउँछन् । उनका अनुसार काठमाडौं साथै अन्य जिल्ला बाहिरका विद्यार्थीहरु पनि अष्ट्रेलियाको लागि एकदम रुची राखेको देखेकाले अन्य जिल्लामा पनि विशेष कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।

ब्लु स्काई एजुकेशन कन्सल्टेन्सीको नेपालमा मात्र नभएर विभिन्न अन्य १३ देश जस्तै भारत, पाकिस्तान, थाइल्याण्ड, अष्ट्रेलिया आदिमा २५ भन्दा बढी शाखाहरु रहेका छन् । साथै यस्को हेडअफिस राजधानीको डिल्लीबजारमा रहेको छ ।

 

 

Logo