काठमाडौँ

ब्लु स्काई एजुकेशन कन्सलट्यान्सीले अष्ट्रेलियन शैक्षिक मेला २०१८ आयोजना गर्ने भएको छ । "/>

ब्लु स्काई एजुकेशनले देशव्यापी अष्ट्रेलियन शैक्षिक मेला गर्दै

ब्लु स्काई एजुकेशनले देशव्यापी अष्ट्रेलियन शैक्षिक मेला गर्दै

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

ब्लु स्काई एजुकेशन कन्सलट्यान्सीले अष्ट्रेलियन शैक्षिक मेला २०१८ आयोजना गर्ने भएको छ ।

अष्ट्रेलिया अध्ययनमा जान चाहने विद्यार्थीलाई लक्षित गरी आयोजना गर्न लागिएको मेला देशका विभिन्न चार प्रमुख शहरहरु काठमाडौँ, पोखरा, चितवन , बुटवलमा सञ्चालन हुनेछ । ब्लुस्काई एजुकेशन कन्सलट्यान्सीका निर्देशक राजमान थकालीका अनुशार मेला राजधानीको याक एण्ड यति होटलमा भाद्र ३० गते , पोखरा मिड टाउन ग्यालेरियामा भाद्र ३१ गते , चितवन भरतपुर गार्डेन रिसोर्टमा असोज २ गते र बुटवलको दियालो फुडल्याण्डमा असोज ३ गते हुने छन् ।

उनले मेला भ्रमण गर्न आउने विद्यार्थीले अष्ट्रेलियाका गुणस्तरिय विश्वविद्यालयका प्रतिनिधीहरु सँग प्रत्यक्ष छलफल गर्न पाउने भएकाले विद्यार्थीले यसबाट गुणस्तरीय परामर्श लिन सक्ने बताए ।

Logo