जनकपुरधाम

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले गत वैशाख ११ गते एक दलित बालिकाको पढाइको अभिभावकत्व लिए । "/>

मुख्यमन्त्री र मन्त्री लगायतले अभिभावकत्व लिएका बालबालिका स्कुल जान सकेनन्

मुख्यमन्त्री र मन्त्री लगायतले अभिभावकत्व लिएका बालबालिका स्कुल जान सकेनन्

केन्द्रबिन्दु
0
Shares

जनकपुरधाम

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले गत वैशाख ११ गते एक दलित बालिकाको पढाइको अभिभावकत्व लिए । ती थिइन्– साँढे ४ वर्षीया लक्ष्मीनिया कुमारी दास । धेरैलाई लाग्न सक्छ – उनलाई अब पढाइमा कुनै कठिनाइ छैन होला ।

पाँच महिना बिते । सुरुमा केही दिन बाक्लै स्कुल गइन् । त्यसपछि जानै छाडिन् । कारण सोधखोज गर्न न मुख्यमन्त्री राउत पुगे, न उनका कोही सहायक नै । दुई भाइ–बहिनीलाई घरमा खेलाएर दिनभर बस्नु पर्ने बाध्यता मुख्यमन्त्रीको ‘कृत्रिम सन्तान’ हुँदा पनि लक्ष्मीनियालाई हटेन ।

मुख्यमन्त्री राउतले ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियान अन्तर्गत धनुषाको मिथिला विहारी नगरपालिका ८ स्थित मिथिला आधारभूत विद्यालय, कचुरीमा कक्षा १ मा नयाँ भर्ना भएकी दासको अभिभावकत्व स्वीकारेका थिए । त्यही प्रयोजनका लागि आयोजित समारोहमा माला लगाइदिएर काखमा बोके । खुसीले मुस्कुराउँदै भने, ‘अब यिनको पढाइको सम्पूर्ण जिम्मा मेरो ।’

एक गैरसरकारी संस्था र स्थानीयवासीको सहयोगमा मुख्यमन्त्री अभिभावक बन्ने सौभाग्य उनलाई प्राप्त भयो । अति विपन्न परिवारकी लक्ष्मीनियाँले अब राम्रो शिक्षादिक्षा पाउने र भविष्य उज्जवल बन्नेमा बुवा गढवा दास र आमा शीलादेवी ढुक्क भए ।

अभिभावकत्व लिइएकी बालिकाको अवस्थाबारे कुरा गर्न मुख्यमन्त्री राउतलाई पटक–पटक फोन गर्दा पनि कुरा हुन सकेन । अर्का अभिभावक कानुनमन्त्री यादवले आफू र मुख्यमन्त्रीले अभिभावकत्व लिएका बालबालिकाको नियमित हेरचाह गरिरहेको दाबी गरे । ‘मैले केही दिन अघि ति बालबालिकालाई भेटेर शिक्षण सामग्री उपलब्ध गराएको थिएँ । उनीहरु नियमित विद्यालय जाने गरेको मलाई जानकारी छ’, उनले भने ।

प्रदेश २ को सरकारले ल्याएका विभिन्न कार्यक्रम मध्ये चर्चित ‘बेटी पढाउ, बेटी बचाउ’ नारामा सीमित बन्दै गएको छ । यसै अभियान अन्तर्गत बालिकाको अभिभावकत्व ग्रहण गर्दै मुख्यमन्त्री राउतले प्रदेश सरकारले छोरीहरुको शिक्षाका लागि ल्याएको विशेष योजनामा सबैलाई सहयोग गर्न अपील गरेका थिए । ‘छोराहरुलाई शिक्षित बनाए एकजना मात्र शिक्षित हुन्छ । तर छोरीलाई शिक्षित बनाए पुरै परिवार शिक्षित हुन्छ’, उनले भनेका थिए, ‘त्यसैले प्रदेश सरकारले छोरीहरुको शिक्षालाई विशेष प्राथमिकतामा राखेको छ ।’
अन्नपूर्णबाट

Logo