काठमाडौँ

सरकारले सेवा सुविधामा विभेद गरेको जनाउदै देशभरका विद्यालय कर्मचारीले भदौ ३१ गते देखी चरणबद्ध रुपमा आन्दोलन गर्ने भएका छन् । "/>

विद्यालय कर्मचारीले भदौं ३१ गते देखि देशव्यापी आन्दोलन गर्ने

विद्यालय कर्मचारीले भदौं ३१ गते देखि देशव्यापी आन्दोलन गर्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

सरकारले सेवा सुविधामा विभेद गरेको जनाउदै देशभरका विद्यालय कर्मचारीले भदौ ३१ गते देखी चरणबद्ध रुपमा आन्दोलन गर्ने भएका छन् ।

पेशागत हक अधिकार, सेवा, सुविधा र सुरक्षाका लागि विगत ७ वर्ष देखी आफुले राख्दै आएका माग सुनुवाई नभएको जनाउँदै विद्यालय कर्मचारीले आन्दोलनका कार्यक्रम सार्वजानिक गरेका हुन् । विरोधका लागि विद्यालय कर्मचारी संयुक्त आन्दोलन परिचालन समिति गठन गरेर १ हप्ता लामो आन्दोलन गरी रिले अनसन देखि आमरण अनशन सम्म गर्ने जनाएका छन् ।

राजधानीमा समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा समितिका सहसंयोजक रतन बहादुर सिहले लामो समयसम्म माग पुरा हुने प्रतीक्षामा बसे पनि सरकारले बेवास्ता गरेपछि आन्दोलनका कार्यक्रम सार्वजानिक गर्नुपरेको बताए । “सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरुको भविष्य अन्योल र अनिश्चित हुन नदिन २०६७ साल माघ २३ गते सर्वोच्च अदालतले सेवा सुविधाका लागि ‘सर्भिस ल’ बनाउन फैसला र पुर्व आदेशको सरकारले बेवास्ता गरेको छ ।” समितिका संयोजक सिंहले भने “सरकारले शिक्षा ऐन आठौं संशोधनको दफा १६ मा भएको कर्मचारी सम्बन्धी व्यवस्था कार्यन्वयन नगरी श्रम शोषण गरेको बताए ।

हाल सामुदायिक विद्यालयमा कार्यरत कर्मचारी दरबन्दी, समायोजन, पदस्थापन, आन्तरिक प्रतिस्पर्दा, तलबभत्ता, संचयकोष, उपदान, बिमा लगायतका अन्य विभिन्न सेवाबाट वञ्चित रहेका छन् । नेपाल विद्यालय कर्मचारी युनियनका अध्यक्ष कमलप्रसाद खतिवडाले आफुहरुले बिगत लामो समयदेखी पटपपटक राखेका माग सुनुवाइ नभएकाले बाध्य भएर आन्दोलनका कार्यक्रम सर्वजानिक गर्नु परेको बताए ।

विद्यालय कर्मचारी संगठन नेपालका अध्यक्ष शंकर प्रसाद ढकालले ३१ गते देखी शुरु हुने आन्दोलनमा पहिलो दिन जिल्ला शिक्षा कार्यलय र शिक्षा विकास तथा समन्वय इकाईमा ध्यानाकर्षण गराउने र सोही दिनदेखी असोज १ गतेसम्म कालो पट्टी बाँधी काम गर्ने बिरोधका कार्यक्रम रहेको बताए । यसरी नै असोज २ गते काठमाडौ जाऔं अभियान अन्तर्गत प्रधानाध्यापकलाई विद्यालयको तालाचाबी बुझाई देशैभरिका सबै विद्यालय कर्मचारी रत्नपार्क शान्ति बाटीकामा भेला हुने कार्यक्रम रहेको छ ।

३ गते माईतीघर मण्डलामा खाली प्लेट, चम्चा सहित महिला बाहेक अर्धनग्न (गन्जी) लगाएर भेला भई संविधानको धारा १२६ को उपधारा २ जलाउने बिरोधको कार्यक्रम रहेको छ । यसैगरि ४ गते रत्नपार्कमा भेला भई व्यानर, प्लेकार्डसहित प्रधानमन्त्री निवास पुगी प्रदर्शन गर्ने कार्यक्रम रहेको छ । ५ गते रिले अनशन शुरु गरी आवश्यकता अनुसार अर्को दिन देखि ¥याली लगायतका विरोधका कार्यक्रम गर्दै आमरण अनशन गर्ने कार्यक्रम रहेको छ । आन्दोलित कर्मचारीले कूचीकार देखि लेखापाल सम्म तह अनुसार मासिक २ हजार, ४ हजार, ४ हजार ५ सय, ७ हजार ५ सय र ११ हजार ५ सय मात्र पाउँदै आएका छन् ।
नेपाल समाचारपत्रबाट

Logo