काठमाडौं

त्रिभुवन विश्वविद्यालयको परीक्षामा चरम लापर्बाही भएको पाइएको छ । गत आइतबार सम्पन्न शिक्षाशास्त्र संकाय एमएड प्रथम सेमेस्टरको ‘फाउन्डेसन अफ एजुकेसन’ र मंगलबार स्थगित भएको ‘एड्भान्स एजुकेसनल साइकोलोजी’ को प्रश्नपत्र सम्बन्धित विषयगत समितिका प्रमुखले प्रकाशन गरेको गेस पेपरबाट सारिएको पाइएको हो । "/>

त्रिवि परीक्षामा चरम लापर्बाही, गेस पेपरकै प्रश्न परीक्षामा पनि !

त्रिवि परीक्षामा चरम लापर्बाही, गेस पेपरकै प्रश्न परीक्षामा पनि !

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

त्रिभुवन विश्वविद्यालयको परीक्षामा चरम लापर्बाही भएको पाइएको छ । गत आइतबार सम्पन्न शिक्षाशास्त्र संकाय एमएड प्रथम सेमेस्टरको ‘फाउन्डेसन अफ एजुकेसन’ र मंगलबार स्थगित भएको ‘एड्भान्स एजुकेसनल साइकोलोजी’ को प्रश्नपत्र सम्बन्धित विषयगत समितिका प्रमुखले प्रकाशन गरेको गेस पेपरबाट सारिएको पाइएको हो ।

मंगलबारका लागि तय भएको परीक्षामा केन्द्रमा प्रश्नपत्र बाँड्न तयारी गर्ने क्रममै पुनः अघिल्लो वर्षको प्रश्नपत्र भनी प्रकाशित प्रश्नपत्र नै आएपछि डिनको कार्यालयले सूचना प्रकाशित गरी परीक्षा स्थगित गरेको छ । मंगलबारको शिक्षाशास्त्र संकायको एमएड प्रथम सेमेस्टरको ‘एड ५१३ एड्भान्स एजुकेसनल साइकोलोजी’ विषयको प्रश्नपत्र शिक्षाशास्त्र संकाय, डिनको कार्यालय अन्तर्गत रहेको उच्चस्तरीय शैक्षिक मनोविज्ञान विषयगत समितिका प्रमुख प्रा. होमनाथ भट्टराई र आंशिक प्राध्यापक कृष्णबहादुर जीसीद्वारा प्रकाशित गेस पेपरमा अघिल्लो वर्षको प्रश्नपत्र भनी प्रकाशित भइसकेको पाइएको छ ।

उनीहरूले संयुक्त रूपमा लेखी जुपिटर प्रकासनद्वारा प्रकाशित गरेको ‘उच्चस्तरीय शिक्षा मनोविज्ञान’ गेस पेपरमा प्रकाशित प्रश्नपत्र जस्ताको तस्तै मंगलबारको परीक्षाका लागि सोधिएको पाइएको छ । यस्तै आइतबार सम्पन्न भएको एड ५११, फाउन्डेसन अफ एजुकेसनको परीक्षा सम्पन्न भइसकेको छ । सो परीक्षाको पनि प्रश्नपत्र आउट भएको भन्दै विरोध हुँदा समेत डिनको कार्यालयले परीक्षा सम्पन्न भएको जानकारी दिएको छ ।

मंगलबार स्थगित भएको परीक्षाका लागि तयार भएको प्रश्नपत्र र आइतबार सम्पन्न भएको प्रश्नपत्रलाई शिक्षाशास्त्र संकायका उनै दुई प्राध्यापकद्वारा प्रकाशित पुस्तकमा अघिल्लो वर्षको प्रश्नपत्र भनी प्रकाशित भइसकेको पाइएको छ । उनीहरूले संयुक्त रूपमा लेखी जुपिटर प्रकाशनद्वारा नै प्रकाशित ‘शिक्षाका आधारहरू’ गेस पेपरमा २०७४ सालको प्रश्नपत्र भनी प्रकाशित गरिएका प्रश्न जस्ताको तस्तै आए पनि सो परीक्षा आइतबार सम्पन्न भइसकेको छ ।

आइतबार सम्पन्न भएको परीक्षा र मंगलबारको स्थगित गरिएको प्रश्नपत्रको सम्पूर्ण निगरानी र त्यसलाई अन्तिम टुंगो लगाउने जिम्मा प्रा भट्टराईको नै भएको शिक्षाशास्त्र संकायका डिन प्रा.डा. कृष्णप्रसाद शर्माले बताए । आइतबारको परीक्षामा सोधिएका प्रश्नपत्र भट्टराईले लेखेको गेस पेपरमा नै पहिला छापिएको पाइएपछि परीक्षा स्थगित गरिएको त्रिवि स्रोतले जनाएको छ । स्रोतका अनुसार परीक्षाको विश्वसनीयतामा नै प्रश्न उठेको भन्दै प्राध्यापकहरूले डिनको ध्यानाकर्षण गराएका छन् । प्राध्यापकहरूले ध्यानाकर्षण गराउँदा पनि डिन शर्माले त्यसलाई बेवास्ता गर्दै आएका छन् ।
राजधानीबाट

Logo