भक्तपुर

‘समाजवाद उन्मुख समृद्ध राष्ट्र निर्माणको आधार, दक्ष जनशक्ति विकास एवं दिगो शैक्षिक पूर्वाधार’ भन्ने नाराका साथ सरकारले यस वर्ष अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाउन शुरु गरेको छ । "/>

सरकारद्वारा अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाउन शुरु

सरकारद्वारा अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाउन शुरु

केन्द्रबिन्दु
0
Shares

भक्तपुर

‘समाजवाद उन्मुख समृद्ध राष्ट्र निर्माणको आधार, दक्ष जनशक्ति विकास एवं दिगो शैक्षिक पूर्वाधार’ भन्ने नाराका साथ सरकारले यस वर्ष अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाउन शुरु गरेको छ ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्र (शिक्षा विभाग) सानोठिमीले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा केन्द्रका महानिर्देशक बाबुराम पौडेलले देशमा अझै पनि दुई दशमलब आठ प्रतिशत बालबालिका शिक्षाबाट वञ्चित भएको बताए । उनले भने, “अझै पनि २.८ प्रतिशत अर्थात् तीन लाख १२ हजार बालबालिकाले स्कूलको ढोका देख्नै नपाई शिक्षाको अवसरबाट वञ्चित हुँदै निरक्षरको सूचीमा रहन्छन् ।” उनले तल्लो तहबाट निरक्षर जन्मने पद्धतिलाई रोक्नुपर्ने बताउँदै यस वर्ष नौ वटा जिल्ला पूर्ण साक्षरता जिल्ला घोषणा गर्ने तयारीमा रहेको जानकारी दिए ।

महानिर्देशक पौडेलले शिक्षा स्थानीय सरकारमा गइसकेकाले अर्को वर्ष देखि साक्षरताका सबै कार्यक्रम पनि स्थानीय सरकारमै जाने भएकाले स्थानीय सरकारले यसको सबै काम गर्नुपर्ने बताए । यसका लागि बजेट समेत पठाउन शुरु गरेको बताउँदै उनले स्थानीय तहबाटै साक्षरता सुनिश्चित स्थानीय तह घोषणा गर्न र सघाउन स्थानीय सरकारलाई आग्रह गरे ।

पत्रकार सम्मेलनमा उनले आगामी २३ गतेसम्म साताव्यापी रुपमा विभिन्न कार्यक्रम गरेर दिवस मनाउन शुरु गरिएको बताए । ३९ औँ राष्ट्रिय शिक्षा दिवस तथा ५२औं अन्तर्राष्ट्रिय साक्षरता दिवस मूल समारोह समितिले विभिन्न आठवटा समिति तथा उपसमिति बनाएर कार्यक्रम शुरु गरेको केन्द्रका निर्देशक नारायणकाजी कासिछ्वाले जानकारी दिए ।

दिवसका अवसरमा रेडियो नेपाल र नेपाल टेलिभिजनमा परिसंवाद कार्यक्रम सञ्चालन गर्ने, साक्षरता सम्बन्धी वृत्तचित्र प्रदर्शनी गर्ने, साक्षरता विशेषाङ्क प्रकाशन एवं विमोचन गर्ने, सडक नाटक प्रदर्शन गर्ने, झाँकी तथा ¥याली प्रदर्शन गर्ने, सरसफाइ र वृक्षारोपण गर्ने, स्टल प्रदर्शनी गर्ने कार्यक्रम गर्ने भएको छ ।
रासस

Logo