खोटाङ

कक्षा–एकका विद्यार्थी जुरीमायाँ राईलाई आफ्ना सहपाठीका कारण अक्षर विग्रनेमा पिरलो हुन्छ । "/>

पनाती–पनातिनासँगै ७५ वर्षीया वृद्धा एक कक्षामा पढ्दै ! : पढ्नलाई उमेरले छेक्दैन

पनाती–पनातिनासँगै ७५ वर्षीया वृद्धा एक कक्षामा पढ्दै ! : पढ्नलाई उमेरले छेक्दैन

केन्द्रबिन्दु
0
Shares

खोटाङ

कक्षा–एकका विद्यार्थी जुरीमायाँ राईलाई आफ्ना सहपाठीका कारण अक्षर विग्रनेमा पिरलो हुन्छ । ७५ वर्षिया जुरीमायाँले कक्षामा लेखपढ गरिरहँदा ३ देखि ८ बर्ष सम्मका पनाती–पनातिनी (नातीको बच्चाहरु) सरहका सहपाठीहरु उहाँतिरै झ्यामिरहेका हुन्छन् । ‘यिनीहरुले हल्लाईदिएर मेरो अक्षर नै विगारिदिन्छन् के ।’ जुरिमायाँ उति झिँजो त मान्नु हुन्न तर पनि केटाकेटीलाई नियन्त्रण गर्न सकिन्छ कि भनेर आफ्नै दुमी राई लवजमा हर्कानुहुन्छ– ‘तिम्हारलाई मार्दिन्छु है म त फेरि, चकचक नगरी बस न हन ’ तर एक कक्षाको बालबच्चा न हुन् चाला उस्तै ।

‘मलाई त झिजो हुन्दैना, म हाकारिम् दिन्छु झिजो गर्छन् भने अनि, हजुरआमा भन्छन्, बजु भन्छन् ।’ वसेर लेख्दा वच्चाहरुले हल्लाईदिने हुनाले उहाँ उभी–उभी लेख्ने गरेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ– ‘गर्छन् नै डिस्टव त तर बानी भएछ अव त केई जस्तो लाग्दैन सर ।’

बिक्रम सम्बत २००१ साल साउन ८ गते विहिबार जन्मनु भएको खोटाङ बाक्सिलाकी जुरीमायाँ राई २०७५ साल साउन ६ गते आईतवार कक्षा एकमा भर्ना हुनु भएको हो । केपिलासगढी गाउँपालिकामा पर्ने वाक्सिलाकी राईले लेखपढ गर्ने अधुरो धोका पूरा गर्न दिक्तेल वजारस्थित सरस्वती माविमा भर्ना हुनुभएको हो । उहाँको रोल नम्बर ३१ रहेको छ ।

जुरीमायाँले एक महिनाको अवधीमा नै निकै प्रगति गर्नु भएको विद्यालयका शिक्षक नुरकाजी सैंजुको भनाई छ । अध्ययनमा रुचि तथा चासो र नियमित उपस्थितीका कारण छोटो समयमा नै उहाँले लेखेको सार्न, तथा अंकहरु जोड्न सक्ने हुनुभएको कक्षा शिक्षक सैंजुले जनाउनुभयो । सैंजुका अनुसार बृद्दा राईले पढ्नमा भोक जगाईदिनका लागि शिक्षकहरुलाई आग्रह गर्ने गर्नुभएको छ ।
नेपाल समाचारपत्रबाट

Logo