‘अस्ट्रेलियन एजुकेशन फेयर २०१८’ सुरु भएको छ । अस्ट्रेलियन एजुकेशन कन्सल्टेन्ट अलायन्स (एक्का) ले होटल अन्नपुर्णमा आयोजना गरेको मेलाको ले उद्घाटन गरेका हुन् । "/>

‘अस्ट्रेलियन एजुकेशन फेयर २०१८’ सुरु (हेर्नुहोस् लाइभ)

‘अस्ट्रेलियन एजुकेशन फेयर २०१८’ सुरु (हेर्नुहोस् लाइभ)

केन्द्रबिन्दु
0
Shares

‘अस्ट्रेलियन एजुकेशन फेयर २०१८’ सुरु भएको छ । अस्ट्रेलियन एजुकेशन कन्सल्टेन्ट अलायन्स (एक्का) ले होटल अन्नपुर्णमा आयोजना गरेको मेलाको ले उद्घाटन गरेका हुन् ।

मेलाको अस्ट्रेलियन राजदुत पिटरबर्डले उद्घाटन गरे  । उद्घाटन समारोहमा एक्का अध्यक्ष निरज श्रेष्ठ, काठमाडौँ बिश्वबिद्यालयका पूर्व उप कुलपति, नेपाल अष्ट्रेलियन एलुमिनी एसोसियसनका डा. दामोदर पोखरेल लगायत सहभागी थिए । 

अस्ट्रेलिया जान चाहने विद्यार्थीहरु र तिनका अभिभावकलाई अस्ट्रेलियाको शैक्षिक क्षेत्रबारे विस्तृत जानकारी दिने उद्देश्यले उक्त मेला आयोजना गर्न लागिएको एक्काका अध्यक्ष निरज श्रेष्ठले जानकारी दिए ।

अस्ट्रेलियाका राम्रा विश्वविद्यालय तथा कलेजमा अध्ययन गर्न चाहने विद्यार्थीलाई त्यहाँको रहनसहन, संस्कृतीका बारेमा सम्बन्धित परामर्श व्यवसायी तथा शिक्षालयका प्रतिनिधीले मेलामा जानकारी उपलब्ध गराउने छन् । यसका साथै शैक्षिक छात्रवृत्ति हासिल गर्न सक्ने सम्भावनाहरुका विषयमा विद्यार्थीलाई सम्पुर्ण जानकारी उपलब्ध गराइनेछ । त्यस क्रममा विद्यार्थीलाई अस्ट्रेलिया जानुपुर्व र गइसकेपछि गर्ने तयारीका विषयमा विषयगत विज्ञले विस्तृत जानकारी दिनेछन् ।

मुनी विभिन्न विश्वविद्यालय, कलेजहरुको सहभागिता हुने भएकाले विस्तृत शैक्षिक कार्यक्रम र तिनका पाठ्यक्रमबारे विद्यार्थीले जानकारी हासिल गर्न सक्छन् । विद्यार्थीले यो मेलामा आएर वास्तविक परामर्श पाउने भएकाले अस्ट्रेलिया जाने सोचमा रहेका सम्पुर्ण विद्यार्थीलाई मेलामा सहभागि भइ दिन अध्यक्ष श्रेष्ठले अपिल गरेका छन् । उक्त मेलामा ५ हजार विद्यार्थी सहभागि हुने अपेक्षा आयोजकले राखेको छ ।

मेलामा २२ वटा अस्ट्रेलियन एजुकेसन कन्सल्टेन्सि, सात वटा अस्ट्रेलियन कलेजको सहभागिता रहनेछ । यस्तै केहि विश्वविद्यालयका प्रतिनिधीहरु सहभागी हुनेछन् । मेलामा विद्यार्थी तथा अभिभावकहरुले विश्वविद्यालय, कलेज र कन्सल्टेन्सिका प्रतिनिधी सँग सबै विषयमा खुलेर परामर्श लिन सक्नेछन् ।

भोलिसम्म चल्ने मेलाको केन्द्रबिन्दुमार्फत लाइभ हेर्न सकिनेछ  ।

 

Logo